images

२०८३ आश्विन १८ गते

images
images
images

बसमा आगलागी हुँदा राहदानी सेवा प्रभावित

बसमा आगलागी हुँदा राहदानी सेवा प्रभावित

images
images
सोमवार, आश्विन ५ २०८३
सोमवार, आश्विन ५ २०८३
  • काठमाडौँ। काठमाडौँको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडिको सडकमा भएको बस आगलागीका कारण राहदानी सेवा प्रभावित भएको छ ।  विभाग परिसर नजिकै सडकमा गुडिरहेको बसमा आगलागी भएपछि त्यस क्षेत्रमा विद्युत् र इन्टरनेट सेवा अवरुद्ध हुन पुगेको हो। विद्युत् तथा इन्टरनेट सेवामा अचानक अवरोध सिर्जना भएपछि विभागको मुख्य सर्भर र प्राविधिक प्रणाली सञ्चालन हुन नसक्दा राहदानीको छपाइ प्रक्रियामा प्रत्यक्ष असर पर्न गएको विभागले जनाएको छ ।

    images
    images

    छपाइ प्रक्रिया प्रभावित भएपछि तयार भइसकेका तथा बन्ने क्रममा रहेका राहदानीहरू समयमै सेवाग्राहीलाई वितरण गर्न कठिनाइ उत्पन्न भएको  विभागले जनाएको छ । सोमबार विभागले एक  सूचना जारी गरी   छपाइ र वितरण कार्यमा प्राविधिक अड्चन आए तापनि नयाँ राहदानीका लागि आवश्यक पर्ने आवेदन सङ्कलन प्रक्रिया भने पूर्ववत् रूपमै नियमित सञ्चालन भइरहेको विभागले स्पष्ट पारेको छ।  हाल अवरुद्ध हुन पुगेका विद्युत् र इन्टरनेट सेवा पुनर्स्थापनाका लागि तीव्र गतिमा मर्मत कार्य भइरहेको जनाएको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend