images

२०८३ आश्विन १८ गते

images
images
images
  • समाचार
  • निखिलको फिल्म ‘आचार्य’ को भारतमा पनि...

निखिलको फिल्म ‘आचार्य’ को भारतमा पनि चर्चा

निखिलको फिल्म ‘आचार्य’ को भारतमा पनि चर्चा

images
images
सोमवार, आश्विन ५ २०८३
सोमवार, आश्विन ५ २०८३
  • काठमाडौँ । अभिनेता निखिल उप्रेतीको निर्माण, निर्देशन तथा अभिनय रहेको फिल्म ‘आचार्य’ को बलिउड मिडियामा समेत चर्चा हुन थालेको छ । शनिबार सार्वजनिक फिल्मको ट्रेलरलाई लिएर भारतका विभिन्न क्षेत्रका फिल्म पत्रकार तथा दर्शकले सामाजिक सञ्जालमार्फत ‘आचार्य’ को ट्रेलरबारे आफ्ना प्रतिक्रिया सार्वजनिक गरिरहेका छन् ।विशेष गरी दक्षिण भारतदेखि भारतका अन्य फिल्म क्षेत्रसम्म नेपाली फिल्मको बदलिँदो स्तरबारे चर्चा हुन थालेको निर्माण पक्षले जनाएको छ ।

    images
    images

    सामाजिक सञ्जालमा सार्वजनिक भएका विभिन्न भिडियो तथा प्रतिक्रियामा ‘आचार्य’ को ट्रेलरको एक्सन, प्रस्तुति, प्राविधिक पक्ष तथा निखिल उप्रेतीको उपस्थितिबारे चर्चा गरिएको देखिन्छ । ट्रेलर सार्वजनिक भएपछि नेपालमा पनि यसको एक्सन, निखिलको कम ब्याक शैलीको प्रस्तुति तथा फिल्मको निर्माण स्तरलाई लिएर चर्चा भइरहेको छ ।निखिलकै होम प्रोडक्सनको ब्यानरमा बनेको फिल्म यही ९ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ । फिल्ममा निखिलको अलवा दक्षिण भारतीय कलाकार रघु बाबू र रघु करुमन्चीको अभिनय  छ । पूर्णिका सिजापतिले यही फिल्ममार्फत नव–नायिकाका रूपमा डेब्यु गर्दैछिन् भने सजिना श्रेष्ठले पनि ‘आचार्य’बाटै अभिनयमा डेब्यु गरेकी छन् ।

    फिल्ममा बलिउड कलाकार दीपजङ्ग राणा र रोहित चौधरीसँगै ध्रुव कोइराला, सुरेश कोहली, रञ्जित कोइराला, जेसिका पोखरेल, कृतिका, सरिता ज्ञवाली, अनुप तुलाधर, एलिस खनाल, अजय थापा, सुबिन गुरुङ, रोशनी र सोनिका बास्तोला लगायत कलाकारको अभिनय छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend