images

२०८३ आश्विन १८ गते

images
images
images
  • समाचार
  • रसुवाका जोखिमयुक्त बस्ती सुरक्षित स्थानमा सार्न...

रसुवाका जोखिमयुक्त बस्ती सुरक्षित स्थानमा सार्न सरकारलाई निर्देशन

रसुवाका जोखिमयुक्त बस्ती सुरक्षित स्थानमा सार्न सरकारलाई निर्देशन

images
images
सोमवार, आश्विन ५ २०८३
सोमवार, आश्विन ५ २०८३
  • काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिले रसुवाका बाढी प्रभावित तथा जोखिमयुक्त बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न सरकारलाई निर्देशन दिएको छ ।सिंहदरबारमा सोमबार बसेको समिति बैठकले जोखिमयुक्त भौगोलिक तथा नदीतटीय क्षेत्रका बस्तीको प्राविधिक अध्ययन र नक्सांकन गरी प्रभावित बस्तीलाई सुरक्षित स्थानमा सार्न निर्देशन दिएको हो ।

    images
    images

    समितिले आपत्कालीन प्रशासनिक कार्यलाई छिटो, सरल र पारदर्शी बनाउन तथा विपद्मा ज्यान गुमाएकाहरूको वैज्ञानिक एवं प्रभावकारी डीएनए परीक्षणसहित सम्मानजनक शव व्यवस्थापन र हक हस्तान्तरणका लागि आवश्यक कार्यविधि तथा मापदण्ड बनाउनसमेत निर्देशन दिएको समिति सभापति समीक्षा बास्कोटाले जानकारी दिइन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend