images

२०८३ आश्विन १८ गते

images
images
images
  • समाचार
  • नक्कली नोट देखाइ ठगी गर्न खोज्ने...

नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना प्रहरी नियन्त्रणमा

नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना प्रहरी नियन्त्रणमा

images
images
सोमवार, आश्विन ५ २०८३
सोमवार, आश्विन ५ २०८३
  • काठमाडौँ । काठमाडौँको बल्खुबाट नक्कली नोट देखाइ प्रलोभनमा पारी ठगी गर्न खोज्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।काठमाडौँ महानगरपालिका वडा नं. १४ बल्खुस्थित फलफूल बजार नजिक असोज २ गते बेलुका ७ बजे पीडितलाई बोलाएर ठगी गर्न खोजेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। आरोपीहरूले १० लाख रुपैयाँ सक्कली नेपाली नोट ल्याए ३० लाख रुपैयाँ नक्कली नेपाली नोट दिने भन्दै प्रलोभनमा पारेका थिए। 

    images
    images

    ठगी गर्ने मनसायले भेट्न बोलाएको सूचना पाएपछि खटिएको प्रहरी टोलीले उनीहरूलाई बल्खुस्थित फलफूल बजारबाट नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा चितवन भरतपुर महानगरपालिका वडा नं. २३ घर भई हाल काठमाडौँ तारकेश्वर-७ मनमैजु बस्ने ४५ वर्षका कृष्ण प्रसाद लामिछाने रहेका छन्। यसैगरी सर्लाही बागमती नगरपालिका वडा नं. ६ घर भई हाल काठमाडौँ-३२ जडिबुटी बस्ने ३२ वर्षका दिनेश बि.क.लाई पनि प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको प्रहरी उपरीक्षक शरत कुमार थापा क्षेत्रीले जानकारी दिएका छन्। 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend