images

२०८३ आश्विन १८ गते

images
images
images
  • समाचार
  • पहिलो साता ‘पेन्सन पट्टा’ले कमायो...

पहिलो साता ‘पेन्सन पट्टा’ले कमायो ३ करोड ७९ लाख, ‘बेहुली’को कति ?

पहिलो साता ‘पेन्सन पट्टा’ले कमायो ३ करोड ७९ लाख, ‘बेहुली’को कति ?

images
images
सोमवार, आश्विन ५ २०८३
सोमवार, आश्विन ५ २०८३
  • काठमाडौँ । फिल्म ‘पेन्सन पट्टा’ले पहिलो साता साढे तीन करोड बढी कमाउन सफल भएको छ । चलचित्र विकास बोर्डले असोज ४ गते आइतबार राती ११ः५९ सम्मको सार्वजनिक बक्स अफिस रिपोटमा फिल्मको आम्दानी  ३ करोड ७९ लाख ७६ हजार ०४७ रुपैयाँ ग्रस कलेक्सन रहेको छ । यो अवधिमा फिल्मलाई १ लाख २९ हजार ११८ जनाले हेरेका छन् ।माओत्से गुरुङको निर्देशित फिल्ममा दयाहाङ राई, गौमाया गुरुङ, विल्सन विक्रम राई, बुद्धि तामाङ, पशुपति राई, विश्वास गुरुङ, माया गुरुङ, मनोज गुरुङ, अनुशा राईलगायत कलाकारको अभिनय छ ।

    images
    images

    त्यस्तै ‘पेन्सन पट्टा’सँगै प्रदर्शनमा आएको फिल्म ‘बेहुली’ले भने पहिलो साता २ करोड ६८ लाख २८ हजार ५२९ ग्रस कलेक्सन  गरेको छ । यो अवधिमा फिल्मलाई ९४ हजार ८८५ जनाले हेरेका छन् ।सशान कँडेल निर्देशित ‘बेहुली’ प्रेम र पारिवारिक कथामा निर्माण भएको हो । अर्जुन पोखरेल प्रस्तुतकर्ता रहेको फिल्ममा पारस बम ठकुरी ‘कुल ब्वाइ’ दिव्या रायमाझी, सुशान्त कार्की, सरिता गिरी, विशाल पहारी, कर्मा लामा, दीपक गौली लगायतका कलाकारको अभिनय छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend