images

२०८३ आश्विन १८ गते

images
images
images
  • समाचार
  • रजनीकान्तको ‘जेलर २’मा विद्या बालनको यस्तो...

रजनीकान्तको ‘जेलर २’मा विद्या बालनको यस्तो भूमिका

रजनीकान्तको ‘जेलर २’मा विद्या बालनको यस्तो भूमिका

images
images
सोमवार, आश्विन ५ २०८३
सोमवार, आश्विन ५ २०८३
  • मुम्बई । दक्षिण भारतीय सुपरस्टार रजनीकान्तको बहुप्रतीक्षित फिल्म ‘जेलर २’को कलाकार सूचीमा बलिउड अभिनेत्री विद्या बालन थपिएकी छन् । निर्माण टिमले फिल्ममा रहेको विद्याको भूमिकाको पहिलो झलक भिडियोमार्फत सार्वजनिक गर्दै उनको अभिनय रहेको जानकारी दिएको हो । निर्माण युनिटले फिल्मका मुख्य कलाकारहरूको नाम क्रमशः सार्वजनिक गर्ने क्रममा विद्यालाई ‘कांथा’को रूपमा चिनाएको हो ।सार्वजनिक भिडियोमा विद्या नीलो साडी र कालो ब्लाउजमा देखिएकी छन् । हातमा चुरोट च्यापेर सिँढीबाट ओर्लिँदै कोठामा प्रवेश गरेको दृश्यमा उनको हाउभाउ निकै गम्भीर र प्रभावशाली देखिन्छ । भिडियोले ‘कांथा’को भूमिका कुनै कमजोर वा सामान्य नभएर निकै शक्तिशाली र आक्रामक रहेको स्पष्ट संकेत गर्छ ।

    images
    images

    निर्माण पक्षले उनको चरित्रबारे विस्तृत जानकारी नदिए पनि भारतीय सञ्चारमाध्यमहरूका अनुसार विद्याले फिल्ममा अभिनेता मिथुन चक्रवर्तीको जेठी छोरीको भूमिका निर्वाह गर्नेछिन् । यस सिक्वेलमा मिथुन मुख्य खलनायक (भिलेन)को भूमिकामा रहने र रजनीकान्तसँग उनको टकराव देखाइने बताइएको छ ।‘जेलर २’मा पहिलो भागका कलाकारहरू रम्या कृष्णन, योगी बाबु, मिर्ना र ऋत्विक यथावत् रहनेछन् । यसबाहेक सिक्वेलमा विद्या बालन, मिथुन चक्रवर्ती, एसजे सूर्या, सुरज वेन्जारामुडु, अन्ना राजन र जतिन सरनाजस्ता सशक्त कलाकारहरू थपिएका छन् । मोहनलाल, शिव राजकुमार, ज्याकी श्राफ, विजय सेतुपति र ऋतिक रोशनको समेत केमियो (अतिथि) भूमिका रहने चर्चा छ ।

    नेल्सन दिलीपकुमारको निर्देशनमा बनेको पहिलो ‘जेलर’ले विश्वव्यापी रूपमा ६ सय ४ करोड रुपैयाँभन्दा बढीको ग्रस कलेक्सन गर्दै बक्स अफिसमा ऐतिहासिक सफलता हासिल गरेको थियो । फिल्म अक्टोबर १५ मा विश्वभर प्रदर्शनमा आउनेछ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend