images

२०८३ आश्विन १८ गते

images
images
images

त्रिपुरेश्वरमा चालकद्वारा बसमा आगजनी

त्रिपुरेश्वरमा चालकद्वारा बसमा आगजनी

images
images
सोमवार, आश्विन ५ २०८३
सोमवार, आश्विन ५ २०८३
  • काठमाडौँ । काठमाडौँको त्रिपुरेश्वरमा एक सार्वजनिक बसका चालकले आफू भित्रै बसेर गाडीमा आगो लगाएका छन् । बा ५ ख ४२७४ नम्बरको सार्वजनिक बसका चालक २५ वर्षीय दावा लामाले आगो लगाएका हुन्। प्रहरीले घटनाको समयमा बसमा कुनै पनि यात्रु नभएको जानकारी दिएको छ । यात्रुहरू नभएको अवस्थामा चालक लामा गाडीभित्रै बसेर आगो लगाएपछि बस ह्वारह्वार्ती बलेको थियो। आगलागी लगत्तै घटनास्थलमा दमकल पुगेर आगो निभाएको थियो । आफैँले लगाएको आगोबाट जलेर घाइते भएका चालक लामालाई उद्धार गरी उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको छ। उनको स्वास्थ्य अवस्थाबारे थप विवरण आउन बाँकी छ।

    images
    images

     आफ्नै बसमा किन आगो लगाए भन्ने यकिन कारण भने खुलिसकेको छैन। यद्यपि, ट्राफिक प्रहरीसँगको विवादका कारण आक्रोशित भएर उनले यस्तो कदम चालेको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ। काठमाडौँ जिल्ला प्रहरी परिसरका प्रमुख, एसएसपी दिलीप घिमिरेले घटना भर्खरै भएकोले यसबारे विस्तृत अनुसन्धान भइरहेको र थप विवरण आउन बाँकी रहेको जानकारी दिएका छन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend