images

२०८३ आश्विन १८ गते

images
images
images

भाटभटेनीको टंगाल स्टोर आजदेखि पुनः सञ्चालनमा

भाटभटेनीको टंगाल स्टोर आजदेखि पुनः सञ्चालनमा

images
images
सोमवार, आश्विन ५ २०८३
सोमवार, आश्विन ५ २०८३
  • काठमाडौँ । भाटभटेनी सुपर मार्केटको टंगालस्थित स्टोर आजदेखि औपचारिक रूपमा पुनः सञ्चालनमा आएको छ । आगजनीपछि बन्द रहेको स्टोर पुनर्निर्माण सम्पन्न गरी सोमबारदेखि नियमित सञ्चालनमा ल्याइएको हो ।भाटभटेनी सुपर मार्केटका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलका अनुसार टंगाल स्टोर आजदेखि दैनिक रूपमा नियमित सेवा प्रदान गर्नेछ ।

    images
    images

    गत वर्षको आगजनीबाट क्षति पुगेका भाटभटेनीका १२ स्टोरमध्ये टंगालसहित १० वटा पुनः सञ्चालनमा आइसकेका छन् । बाँकी दमक र हेटौँडाका स्टोर पुनर्निर्माणको अन्तिम चरणमा रहेका छन् । ती स्टोरमा संरचनागत काम, उपकरण व्यवस्थापन तथा आन्तरिक निर्माणको काम भइरहेको कम्पनीले जनाएको छ ।आगजनीबाट ठूलो क्षति भए पनि कम्पनीले १० हजारभन्दा बढी कर्मचारीको रोजगारीमा असर पर्न नदिएको जनाएको छ । कर्मचारीलाई रोजगारीबाट अलग नगरी पुनः सञ्चालनमा आएका स्टोरमा उनीहरूको भूमिकालाई निरन्तरता दिइएको कम्पनीको भनाइ छ । साथै, गत वर्ष भदौ २४ गतेको घटनापछि दसैँमा उपलब्ध गराइने बोनससमेत कटौती नगरिएको कम्पनीले जनाएको छ ।

    आगजनीपछि पूर्णरूपमा जलेका स्टोरमध्ये कोटेश्वरस्थित स्टोर पाँच महिनामै पुनः सञ्चालनमा ल्याइएको थियो । कम्पनीले चौबीसै घण्टा कामलाई निरन्तरता दिँदै आगजनीबाट क्षतिग्रस्त स्टोरहरू क्रमिक रूपमा पुनर्निर्माण गरी सञ्चालनमा ल्याएको जनाएको छ ।यसैगरी काठमाडौंमा सञ्चालनको तयारीमा रहेको बाल अस्पतालका लागि भाटभटेनीले ७१ करोड रुपैयाँभन्दा बढी सहयोग गरेको कम्पनीले जनाएको छ । नेपाली बालबालिकाले एउटै भवनबाट अन्तर्राष्ट्रियस्तरको उपचार सुविधा पाऊन् भन्ने उद्देश्यले अस्पतालका लागि सहयोग गरिएको कम्पनीको भनाइ छ ।कम्पनीले ग्राहकको सुविधालाई ध्यानमा राख्दै आधुनिक सुविधा र गुणस्तरीय सेवा उपलब्ध गराउने प्रतिबद्धता यथावत् रहेको जनाएको छ । साथै, पुनः सञ्चालनमा सहयोग गर्ने कर्मचारी, ग्राहक, शुभेच्छुक तथा सरोकारवालाप्रति कम्पनीले आभार व्यक्त गरेको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend