images

२०८३ आश्विन १८ गते

images
images
images
  • समाचार
  • संघीय संसद्का दुवै सदनको बैठक आज,...

संघीय संसद्का दुवै सदनको बैठक आज, विभिन्न विधेयकमा छलफल र निर्णय हुँदै

संघीय संसद्का दुवै सदनको बैठक आज, विभिन्न विधेयकमा छलफल र निर्णय हुँदै

images
images
सोमवार, आश्विन ५ २०८३
सोमवार, आश्विन ५ २०८३
  • काठमाडौँ । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै छ । अपराह्न १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधि सभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने छन् ।यस्तै, महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले ‘बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।

    images
    images

    त्यस्तै, बैठकमा प्रधानमन्त्री तथा रक्षामन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् ।यसैगरी, अपराह्न १:१५ बजे बस्ने राष्ट्रिय सभाको बैठकमा कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर दिने कार्यक्रम छ । बैठकमा कृषि, वन तथा पर्यावरण मन्त्री चौधरीले ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend