images

२०८३ आश्विन १८ गते

images
images
images

पाँचखालले ल्यायो ‘दलित–शिशुलाई एक लाख’ कार्यक्रम

पाँचखालले ल्यायो ‘दलित–शिशुलाई एक लाख’ कार्यक्रम

images
images
सोमवार, आश्विन ५ २०८३
सोमवार, आश्विन ५ २०८३
  • काभ्रेपलाञ्चोक, ५ असोज । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाले दलित नवजात शिशुको आर्थिक सुरक्षाका लागि बैंक खातामा रु एक लाख जम्मा गरिदिने कार्यक्रम घोषणा गरेको छ । 

    images
    images

    नगर कार्यपालिकाको १९औँ नगरसभाबाट सामाजिक न्यायलाई केन्द्रमा राखेर यस्तो कार्यक्रम घोषणा गरिएको नगरप्रमुख महेश खरेलले जानकारी दिए । 

    सदियौँदेखि दलित समुदायले भोग्दै आएको विभेदप्रति उक्त नगरले सार्वजनिक ‘माफी’ मागेको छ । विगतका सामाजिक अन्यायप्रति शून्य सहनशीलताको नीति अपनाउँदै  स्थानीय तहमा पहिलोपटक उक्त कार्यक्रम सार्वजनिक गरेको हो ।  

    images
    images

    पाँचखाल नगरभित्र जन्मने प्रत्येक दलित परिवारका नवजात शिशुको नाममा नगरले रु एक लाखबराबर रकम बैंक खातामा जम्मा गरिदिनेछ । 

    नगरप्रमुख खरेलका अनुसार जम्मा गरिएको रकम १८ वर्षसम्म झिक्न पाइने छैन । सो रकम उच्च शिक्षा, सीप विकास तथा भविष्य निर्माणमा उपयोग गर्न सकिने नियम बनाइएको छ । यदि शिशुको मृत्यु हुन गएमा उक्त रकम निजकी आमालाई उपलब्ध गराइने व्यवस्था गरिएको छ ।

    “पाँचखालका दलित समुदायका बालबालिकाको हितका लागि यस्तो कार्यक्रम ल्याएका हौँ”, नगरप्रमुख खरेलले भने । दलित समुदायको दीर्घकालीन आर्थिक सशक्तीकरण एवं गरिबीका कारण उत्पन्न हुने चरम निराशा र सामाजिक असमानताको अन्त्य गर्ने कार्यक्रम प्रभावकारी हुने उनको भनाइ छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend