images

२०८३ आश्विन १८ गते

images
images
images
  • समाचार
  • भोटेकोशी बाढीः तमु धीं नेपालद्वारा ७०...

भोटेकोशी बाढीः तमु धीं नेपालद्वारा ७० लाख ४७ हजार सङ्कलन

भोटेकोशी बाढीः तमु धीं नेपालद्वारा ७० लाख ४७ हजार सङ्कलन

images
images
सोमवार, आश्विन ५ २०८३
सोमवार, आश्विन ५ २०८३
  • पोखरा, ५ असोज । भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनस्र्थापनाका लागि तमु धीं नेपालले सञ्चालन गरेको राहत सङ्कलन अभियानमा रु ७० लाख ४७ हजारबराबरको रकम जम्मा भएको छ । 

    images
    images

    गत भदौ १४ गतेदेखि सहयोग सङ्कलन अभियान सञ्चालन गरिएको तमु धीं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले जानकारी दिएका छन् । अभियानमा संस्थाको कार्यसमिति, विभिन्न समिति, तमु समाज, सङ्घसंस्था, भाइखलक तथा चेलीबेटी परिवार लगायतले सहयोग गरेको उनले बताएका छन् । सङ्कलित रकम आज प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुनेगरी गृहमन्त्री सुधन गुरुङलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको अध्यक्ष गुरुङले जानकारी दिएका छन् । अभियानमा सहयोग गर्ने सबैलाई तमु धीं नेपालले धन्यवाद ज्ञापन गरेको छ । 

    छिन्नमस्ता मन्दिरको एक लाख ५१ हजार सहयोग 

    images
    images

    सप्तरीः सप्तरीको छिन्नमस्ता मन्दिरले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनस्र्थापनाका लागि रु एक लाख ५१ हजार बराबरको सहयोग गरेको छ ।

    मन्दिरका पीठाधीश महाकान्त ठाकुरले मन्दिर समितिका तर्फबाट सङ्कलन गरिएको उक्त रकमको चेक आइतबार युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवलाई हस्तान्तरण गरेका छन् ।
     
    उनले भने, “उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप कोषमा जम्मा गरिने छ ।” मन्दिर समितिको तर्फबाट थोरै भए पनि बाढीपीडितलाई सहयोग गर्न पाउँदा खुसी लागेको उनले बताएका छन् । चेक ग्रहण गर्दै मन्त्री यादवले विपदको समयमा मन्दिर समितिले देखाएको समाजिक सद्भावको भावनालाई सकारात्मक लिएको बताएका छन् । बाढीले रसुवा, नुवाकोट, धादिङमा ठूलो जनधनको क्षति गरेको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend