images

२०८३ आश्विन १८ गते

images
images
images

भक्तपुरमा अपराधसम्बन्धी १७९ घटनाका मुद्दा दर्ता

भक्तपुरमा अपराधसम्बन्धी १७९ घटनाका मुद्दा दर्ता

images
images
आइतवार, आश्विन ४ २०८३
आइतवार, आश्विन ४ २०८३
  • भक्तपुर । जिल्ला प्रहरी परिसर भक्तपुरले गत भदौ महिनामा विभिन्न अपराधसम्बन्धी १७९ वटा मुद्दा दर्ता गरेको छ। परिसरले आइतबार एक महिनामा भएका अपराधका घटनाबारे जानकारी दिँदै दर्ता भएका मुद्दामध्ये ५७ वटा फछ्र्योट भएको परिसरका प्रमुख एवं प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले जानकारी दिए।एक महिनाको अवधिमा भक्तपुरमा जघन्य अपराधतर्फ हत्या एक, जबर्जस्ती करणी पाँच, लागुऔषधका तीन र हातहतियार खरखजनातर्फ एक गरी कुल १० वटा मुद्दा दर्ता भई कारबाहीका लागि गएको उनले जानकारी दिए।

    images
    images

    आर्थिक अपराधतर्फ कुल ९६ वटा मुद्दा दर्ता भएकामा सबैभन्दा बढी बैंकिङ कसुरका ७७ वटा र ठगीका १९ वटा मुद्दा रहेको र १२ वर्ष पुरानो सवारी ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ गरेको जानकारी दिए।त्यसैगरी, अदालतबाट सजाय तथा जरिवाना ठहर भई फरार रहेका ६५ जना प्रतिवादी पक्राउ गरिएको र कुल ४४ वर्ष छ महिना तीन दिन कैद सजाय भुक्तानका लागि पठाइएको जानकारी दिए।यस क्रममा एक करोड २२ लाख १९ हजार ५७० रुपैयाँ जरिवाना असुली गरिएको जानकारी दिए।त्यसैगरी, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित नौ वटा मुद्दा दर्ता भएको घरेलु हिंसातर्फ परेका १३ वटा उजुरी परेको, जिल्लामा कुल २३ वटा सवारी दुर्घटनामध्ये एक जनाको मृत्यु र ३५ जना घाइते भएको, दुई हजार ९४७ वटा सवारी साधनलाई कारबाही गरी १३ लाख ९२ हजार ५०० राजस्व सङ्कलन गरेको उनले जानकारी दिए।प्रहरीले सृजनानगरबाट १९ वर्षीय रामकृष्ण शर्माको साथबाट १२ राउन्ड अवैध गोली बरामद गर्नुका साथै कर्तव्य ज्यान मुद्दा चाँगुनारायणका राकेश पराजुली र भक्तपुरका किशोर चौगुठीलाई पुर्पक्षका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी दीपककुमार कार्कीले जानकारी दिए।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend