images

२०८३ आश्विन १८ गते

images
images
images

आयआर्जनका लागि तालिमसँगै बङ्गुर वितरण

आयआर्जनका लागि तालिमसँगै बङ्गुर वितरण

images
images
आइतवार, आश्विन ४ २०८३
आइतवार, आश्विन ४ २०८३
  • तनहुँ। तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाले आयोजना प्रभावित परिवारका सदस्यलाई आयआर्जनमा जोड्न व्यावसायिक बङ्गुरपालनसम्बन्धी तालिमसँगै बङ्गुरको पाठो वितरण गरेको छ ।आयोजनाको जीविकोपार्जन पुनःस्थापना योजनाअन्तर्गत आयोजना प्रभावित परिवारको आयआर्जन क्षमता अभिवृद्धि गर्दै दिगो जीविकोपार्जनका अवसर सिर्जना गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको हो ।आयोजनाबाट प्रत्यक्ष प्रभावित व्यास नगरपालिका, भीमाद नगरपालिका, म्याग्दे गाउँपालिका र ऋषिङ गाउँपालिकाका २३ जनालाई तालिम प्रदान गरी बङ्गुर सहयोग गरिएको आयोजना प्रमुख श्यामजी भण्डारीले जानकारी दिए ।

    images
    images

    भेटेरीनरी अस्पताल तथा पशु सेवा कार्यालय तनहुँसँगको सहकार्यमा सञ्चालित तालिममा बङ्गुरको खोर व्यवस्थापन, नश्ल छनोट, आहार व्यवस्थापन, रोगको रोकथाम तथा उपचार, उत्पादन र बजारीकरणलगायत विषयमा प्रशिक्षण दिइएको थियो ।तालिमपश्चात् प्रत्येक सहभागीलाई एउटा–एउटा बङ्गुरको पाठो वितरण गरिएको छ । तालिमबाट प्राप्त ज्ञानलाई व्यवहारमा उतार्दै व्यावसायिक बङ्गुरपालन सुरु गर्न वा सञ्चालनमा रहेको व्यवसाय विस्तार गर्न सहज होस् भन्ने उद्देश्यले सहयोग गरिएको भण्डारीले बताए ।उनले आयोजना प्रभावित परिवारलाई सीप र उत्पादनसँग जोडेर दीर्घकालीन रूपमा आयआर्जनको आधार तयार गर्ने उद्देश्यले विविध कार्यक्रम हुँदै आएको जानकारी दिए । उनले भने, “प्रभावित परिवारलाई सहयोग मात्र दिनेभन्दा सीप सिकाएर आफैँ आयआर्जन गर्न सक्ने बनाउनु महत्वपूर्ण हो । तालिमसँगै बङ्गुर उपलब्ध गराउँदा सहभागीले सिकेको सीपलाई तत्काल व्यवहारमा प्रयोग गर्न सक्नेछन् ।”

    आयोजना प्रभावित परिवारको जीविकोपार्जन पुनःस्थापना तथा सामुदायिक विकासलाई प्राथमिकतामा राख्दै हालसम्म ३५ वटा कार्यक्रम सञ्चालन गरिएको आयोजनाले जनाएको छ । ती कार्यक्रमबाट आयोजना प्रभावित परिवारका ७०१ जना लाभान्वित भएका छन् ।आयोजनाले सीप विकास, आयआर्जनका अवसर विस्तार, वित्तीय साक्षरता तथा उद्यमशीलता प्रवर्द्धनमार्फत प्रभावित परिवारको आर्थिक आत्मनिर्भरता बढाउने कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend