images

२०८३ आश्विन १७ गते

images
images
images
  • समाचार
  • बुद्ध एयरको रात्रिकालीन उडान भाडा...

बुद्ध एयरको रात्रिकालीन उडान भाडा आन्तरिकतर्फ घट्यो

बुद्ध एयरको रात्रिकालीन उडान भाडा आन्तरिकतर्फ घट्यो

images
images
मंगलवार, कार्तिक २७ २०८१
मंगलवार, कार्तिक २७ २०८१
  • काठमाडौं । नेपालको निजी वायुसेवा कम्पनी बुद्ध एयरले रात्रिकालीन उडानको भाडा घटाएको छ ।

    images
    images

    बुद्ध एयरले रात्रि उडानलाई थप सहज बनाउँदै विभिन्न गन्तव्यको भाडादर बिहान, दिउँसोको दाँजोमा भाडादर घटाएको बताएको छ ।

    पोखराका लागि ५ सय रुपैयाँ, भैरहवा तथा नेपालगञ्जका लागि १ हजार रुपैयाँ र जनकपुरधामका लागि ८ सय रुपैयाँ भाडा घटाइएको कम्पनीले जनाएको छ ।

    images
    images

    काठमाडौं विमानस्थलको स्तरोन्नति तथा सीमित उडानले बुद्ध एयरले भैरहवा तथा पोखराबाट अतिरिक्त उडान थालेको समेत बताएको छ ।

    सातामा पोखराबाट नेपालगञ्जको तीन उडान हुने गरेकोमा बुद्ध एयरले अब दैनिक थालेको छ । त्यसैगरी भैरहवाबाट पोखराका लागि दैनिक १ अतिरिक्त उडान थप गरेको छ ।

    भैरहवामा अन्तर्राष्ट्रिय एयरलाइन्सहरूको उडानले त्यस भेगमा थप आर्थिक चलायमान हुने तथा पर्यटनलाई पनि टेवा पुग्ने कम्पनीको भनाइ छ ।

    काठमाडौं वा पोखराबाट अन्तर्राष्ट्रिय उडानका लागि भैरहवा आउजाउ गर्ने यात्रुलाई बुद्ध एयरले हरेक फेयरमा २५ केजी लगेज पनि छुट दिएको बताएको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend