काठमाडौँ, ३ असोज । शनिबार रातिदेखि विभिन्न प्रदेशमा वर्षाको सम्भावना
काठमाडौं । शनिबार राति गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार लुम्बिनी प्रदेशका तराई भू–भागका थोरै स्थान तथा अन्य तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ।
महाशाखाका अनुसार लुम्बिनी प्रदेशसहित देशका हिमाली तथा पहाडी भू–भागमा सामान्यतया बदली रहनेछ भने बाँकी तराई भू–भागमा आंशिक बदली रहने सम्भावना छ।
आइतबार दिउँसो पनि देशका हिमाली तथा पहाडी भू–भागमा सामान्यतया बदली रहनेछ। यी क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
त्यस्तै, तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको छ।
महाशाखाले भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।




.gif)





