images

२०८३ आश्विन १६ गते

images
images
images

प्रधान सेनापति सिग्देल चीन प्रस्थान

प्रधान सेनापति सिग्देल चीन प्रस्थान

images
images
आइतवार, भाद्र २८ २०८३
आइतवार, भाद्र २८ २०८३
  • काठमाडौँ । प्रधान सेनापति अशोकराज सिग्देल आज चीन प्रस्थान गरेका छन् । चीनको औपचारिक निमन्त्रणमा उनी एक हप्ताका लागि त्यसतर्फ गएका हुन् । बेइजिङतर्फ प्रस्थान गर्नुअघि प्रधान सेनापति सिग्देललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रदीपजङ्ग केसीले बिदाइ गरेका थिए । प्रधान सेनापति सिग्देलकाे भ्रमणले दुई देश बिचको आपसी सैनिक सम्बन्ध विस्तार हुनुका साथै सैनिक कूटनीति मार्फत नेपालको परराष्ट्र नीतिलाई समेत योगदान पुग्ने विश्वास नेपाली सेनाले लिएको छ।

    images
    images

    उनी त्यहाँ हुने चाइना फोरम कार्यक्रममा सहभागी हुने र अन्य उच्चस्तरीय भेटघाटमा सरिक हुने समेत नेपाली सेनाले जनाएको छ । उनी असोज ३ गते नेपाल फर्किने बताइएको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend