images

२०८३ आश्विन १८ गते

images
images
images
  • समाचार
  • बाढीपीडितका लागि एनआरएनए उपाध्यक्ष गैरेद्वारा पाँच...

बाढीपीडितका लागि एनआरएनए उपाध्यक्ष गैरेद्वारा पाँच लाख सहयोग

बाढीपीडितका लागि एनआरएनए उपाध्यक्ष गैरेद्वारा पाँच लाख सहयोग

images
images
शनिवार, भाद्र २७ २०८३
शनिवार, भाद्र २७ २०८३
  • लिस्बन (पोर्चुगल), २७ भदौ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्का उपाध्यक्ष तिलकप्रसाद गैरेले रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु पाँच लाख आर्थिक सहयोग गरेका छन्।

    images
    images

    गैरेले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गरेका छन्। बाढी प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले सहयोग रकम उपलब्ध गराएको उनले बताएका छन्।

    “देशमा ठूलो सङ्कट परेका बेला सकेको सहयोग गर्नुपर्छ भन्ने भावनाले रकम उपलब्ध गराएको हुँ,” गैरेले भने।

    images
    images

    उहाँले बाढीबाट प्रभावित रसुवाका करिब ५० परिवारलाई राहत सामग्रीसमेत वितरण गर्ने योजना रहेको जानकारी दिएका छन्।

    नवलपुरको गैँडाकोट निवासी गैरे विगत दुई दशकदेखि पोर्चुगलमा बस्दै आएका छन्। एनआरएनए पोर्चुगलका पूर्वअध्यक्षसमेत रहेका उनले पोर्चुगलमा लामो समयदेखि कृषि व्यवसाय सञ्चालन गर्दै आएका छन्।

    बाढी तथा प्राकृतिक विपद्का समयमा व्यक्तिगत तथा संस्थागत क्षेत्रबाट हुने आर्थिक सहयोगले प्रभावित परिवारको तत्कालीन राहत र पुनःस्थापनामा टेवा पुग्ने अपेक्षा गरिएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend