images

२०८३ आश्विन १९ गते

images
images
images
  • समाचार
  • मुस्ताङको भूकम्पले ५०० घरधुरीसम्म क्षति, तत्काल...

मुस्ताङको भूकम्पले ५०० घरधुरीसम्म क्षति, तत्काल राहत र पुनःस्थापनाको माग

मुस्ताङको भूकम्पले ५०० घरधुरीसम्म क्षति, तत्काल राहत र पुनःस्थापनाको माग

images
images
बिहिवार, भाद्र २५ २०८३
बिहिवार, भाद्र २५ २०८३
  • काठमाडौँ । मुस्ताङको लोमान्थाङ क्षेत्रमा गएको भूकम्पले व्यापक क्षति पुर्‍याएको भन्दै सांसद योगेश गौचन थकालीले सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको बैठकमा सांसद थकालीले हालै मुस्ताङमा गएको भूकम्पबाट भएको क्षतिको विवरण प्रस्तुत गर्दै तत्काल राहत र पुनःस्थापनाको काम थाल्न सरकारसँग माग गरेका हुन्।सांसद थकालीका अनुसार गत भदौ २३ गते राति मुस्ताङको लोमान्थाङ गाउँपालिका केन्द्रबिन्दु भएर ५.३ म्याग्निच्युडको भूकम्प गएको थियो। उक्त भूकम्पपछि पछिल्लो २४ घण्टामा करिब ८ पटकसम्म झट्का महसुस गरिएको छ।यस भूकम्पका कारण लोमान्थाङ गाउँपालिकाका वडा नं. १, २, ३, ४ र ५ मा घर तथा भौतिक संरचनामा क्षति पुगेको छ । प्रारम्भिक अध्ययन अनुसार ३०० देखि ५०० घरधुरीमा सामान्यदेखि गम्भीर प्रकृतिको क्षति पुगेको छ । केही घरहरू बस्न नमिल्ने र अत्यन्त जोखिमपूर्ण अवस्थामा पुगेका छन् ।

    images
    images

    लोमान्थाङ ऐतिहासिक र सांस्कृतिक महत्त्व बोकेको क्षेत्र रहेको उल्लेख गर्दै उनले भने, ‘भूकम्पका कारण करिब ७०० वर्ष पुरानो ऐतिहासिक छोदे गुम्बामा समेत क्षति पुगेको छ। यो क्षेत्र आफैँमा एउटा जीवित सङ्ग्रहालय हो, तर भूकम्पका कारण संरचनाहरू चर्किँदा र कमजोर बन्दा यहाँका सम्पदाहरू जोखिममा परेका छन्।’वर्षाका कारण थप क्षति पुगेको बताउँदै सांसद थकालीले प्रभावित परिवारका लागि तत्काल सुरक्षित आवास र राहतको आवश्यकता रहेकोमा जोड दिए । उनले भने, ‘प्रभावित घरहरूको तत्काल पहिचान गरी अस्थायी आवास तथा आवश्यक राहतको व्यवस्थापन गर्न, प्राविधिक टोली खटाएर क्षति मूल्याङ्कन गर्न र क्षतिपूर्तिका साथै पुनर्निर्माणको स्पष्ट खाका तयार पार्न सरकारले तत्काल कदम चाल्नुपर्छ।’उनले ऐतिहासिक तथा धार्मिक सम्पदाको संरक्षण र पुनःस्थापनाका लागि पनि सरकारको ध्यानाकर्षण गराए।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend