images

२०८३ आश्विन १९ गते

images
images
images
  • समाचार
  • जुम्लामा ९०४ जनाले लिए जन्म र...

जुम्लामा ९०४ जनाले लिए जन्म र मृत्युमा दिइने अनुदानको चामल

जुम्लामा ९०४ जनाले लिए जन्म र मृत्युमा दिइने अनुदानको चामल

images
images
बिहिवार, भाद्र २५ २०८३
बिहिवार, भाद्र २५ २०८३
  • जुम्ला । जुम्लास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडबाट गत आर्थिक वर्षमा जुम्लाका आठ स्थानीय तहका ९०४ जनाले जन्म र मृत्युको बेला दिइने ३० केजी चामल प्राप्त गरेका छन् ।जन्मतर्फ ५५८ र मृत्युतर्फ ३४६ जनाले अनुदानमा चामल लिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी शाखा कार्यालय जुम्लाका प्रमुख मनोज जोशीले जानकारी दिए ।त्यस्तै मोटा चामल लिनेमा जन्मतर्फ ५०९, मृत्युतर्फ ४९ जना रहेका छन् । कार्यालयका अनुसार जिरो मसिनो चामल लिनेमा जन्मतर्फ ३११ र मृत्युतर्फ ३५ जना रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी शाखा कार्यालय जुम्लाका प्रमुख जोशीको भनाइ छ ।

    images
    images

    जन्म र मृत्यु हुँदा गत आवमा रु १९ लाख ७२ हजार बराबरको २७१ क्विन्टल चामल वितरण भएको छ । चामल उपलब्ध गराउँदा ज्यालामा भने चार लाख २८ हजार ५०० खर्च भएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी शाखा कार्यालय जुम्लाका प्रमुख जोशीले बताए ।उक्त अनुदानको चामल लिनेलाई यातायात खर्च दिने गरेको छ । जसमध्ये जन्मतर्फ २२० जनालाई एक हजार, ३८० जनालाई ५०० र मृत्युतर्फ १९ जनालाई एक हजार र ३५ जनालाई ५०० यातायात खर्च प्रदान गरिएको छ ।यसैगरी हिमा, सिंजा, तिला र कनकासुन्दरी गाउँपालिका स्थानीयले चामलसहित एक हजार यातायात खर्च पाउने गरेका छन् । तातोपानी, गुठीचौर, पातारासी र चन्दनाथ नगरपालिका स्थानीयलाई ५०० यातायात खर्च दिने व्यवस्था रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी शाखा कार्यालयले जनाएको छ ।

    सो सुविधा लिनका लागि ३५ दिनभित्र जन्मको हकमा जन्मदर्ताको प्रमाणपत्रको प्रतिलिपि र वडाको सिफारिस आवश्यक पर्छ भने मृत्यु हुनेको हकमा मृत्युदर्ता, वडाको सिफारिस र सेवा लिन आउने सेवाग्राहीको नागरिकताको प्रतिलिपि आवश्यक हुने खाद्य कम्पनी जुम्लाले जनाएको छ ।विसं २०७३ भदौमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले जन्म र मृत्यु हुँदा प्रतिपरिवार निःशुल्क ३० किलो चामल दिने घोषणा गरेको थियो । हाल खाद्य कम्पनीमा एक हजार ९०० क्विन्टल खाद्यान्नको चामल मौज्दात रहेको जनाएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend