images

२०८३ आश्विन १९ गते

images
images
images
  • समाचार
  • राप्रपाका ५ सांसदलाई पदमुक्त गर्ने सिफारिस...

राप्रपाका ५ सांसदलाई पदमुक्त गर्ने सिफारिस प्रदेशसभा सचिवालयद्वारा अस्वीकार

राप्रपाका ५ सांसदलाई पदमुक्त गर्ने सिफारिस प्रदेशसभा सचिवालयद्वारा अस्वीकार

images
images
बिहिवार, भाद्र २५ २०८३
बिहिवार, भाद्र २५ २०८३
  • मकवानपुर ।  बागमती प्रदेशसभा सचिवालयले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ५ जना प्रदेशसभा सदस्यहरूलाई पदमुक्त गर्न गरिएको सिफारिसलाई अस्वीकार गरेको छ। पूर्व सभामुख भुवन कुमार पाठक सहित ५ जनालाई पदमुक्त गर्न गरिएको राप्रपाको सिफारिसमा उपसभामुख अप्सरा चापागाईंले पदमुक्त नगर्ने निर्णय गरेकी हुन् ।राप्रपा संसदीय दल बागमतीका प्रमुख सचेतक डम्बर तामाङले पार्टीका ५ सांसदलाई पदमुक्त गर्न सचिवालयमा दिएको पत्रमाथि कारबाही गर्दै उपसभामुख चापागाईंले उनीहरू पदमुक्त नहुने निर्णय गरेकी हुन् । कारबाहीका लागि सिफारिस गरिएका सांसदहरूमा पूर्व सभामुख पाठक सहित कुमारी तामाङ, लक्ष्मी घिमिरे, धनेश्वरी प्रजापति र आशा लामा रहेका छन्। प्रमुख सचेतक तामाङले भदौ २४ गते उनीहरूलाई पदमुक्त गर्न सचिवालयमा पत्र दर्ता गराएका थिए । 

    images
    images

    प्रदेशसभा सचिवालयका प्रवक्ता तथा उपसचिव (कानून) प्रकाश चापागाईंका अनुसार प्रक्रिया नपुगेको र अधिकारक्षेत्र बाहिरको निर्णय भएको ठहर सहित उपसभामुख चापागाईंले ५ सांसदलाई पदमुक्त गर्न अस्विकार गरेकी हुन् । संसदीय दलले गरेको कारबाहीको प्रक्रिया क्षेत्राधिकार बाहिर र प्रथम दृष्टिमै कानुनविपरीत देखिएकाले उक्त निर्णय बदर गरिएको प्रवक्ता चापागाईंले बताए ।पालको संविधानको धारा १८० को खण्ड (ङ), राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा १८, २८ र ३२ तथा राप्रपाको विधान २०४८ को दफा २९ (१३) अनुसार सांसद निष्काशन गर्ने अधिकार सम्बन्धित दलको केन्द्रीय समितिमा मात्र निहित रहेको उनको भनाइ छ ।'सचेतकले ह्वीप उल्लंघन भएको विवरण केन्द्रीय समितिमा पठाउनुपर्ने, अनुशासन समितिको सिफारिस हुनुपर्ने र केन्द्रीय समितिले मात्र कारबाहीको निर्णय गर्नुपर्ने कानुनी व्यवस्था छ। तर, अनुशासन समिति र केन्द्रीय समितिको संलग्नता बिना संसदीय दल स्तरबाटै कारबाही प्रक्रिया सम्पन्न गरिएको देखिएकाले ती सांसदहरू पदमुक्त हुने अवस्था देखिएन,' उनले भने ।

    कानुनद्वारा तोकिएको अनिवार्य प्रक्रिया पालना नगरी अधिकार नै नभएको निकायबाट सिफारिस आएकाले ५ जना सांसदको पद यथावत् रहने प्रदेशसभा सचिवालयले जनाएको छ ।बुधबार उपसभामुखले राप्रपा बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापासहित सांसदहरू राजु विष्ट, गिरबहादुर तामाङ र राजेन्द्र प्रजापतिको पनि प्रदेशसभा सदस्य पद यथावत् रहने निर्णय लिएकी थिइन् । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend