images

२०८३ आश्विन १९ गते

images
images
images
  • समाचार
  • ग्यास वितरण प्रणालीमा गडबडी, समस्या पहिचान...

ग्यास वितरण प्रणालीमा गडबडी, समस्या पहिचान गर्न सार्वजनिक बैठकको माग

ग्यास वितरण प्रणालीमा गडबडी, समस्या पहिचान गर्न सार्वजनिक बैठकको माग

images
images
बिहिवार, भाद्र २५ २०८३
बिहिवार, भाद्र २५ २०८३
  • काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद बोध नारायण श्रेष्ठले एलपीजी ग्यासको वितरण प्रणालीमा गडबडी देखिएको बताएका छन्। बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले भारतबाट ग्यास निरन्तर आइरहेको भए पनि वितरण प्रणालीमा गडबडी देखिएको औँल्याएका हुन्।समस्या कहाँ र कसका कारण उत्पन्न भएको हो भन्ने कुरा आम जनताले प्रत्यक्ष थाहा पाउनुपर्ने उनले बताए। यसका लागि सम्बन्धित मन्त्रालय, नेपाल आयल निगम, उद्योगी र व्यापारीहरूलाई एकै ठाउँमा राखेर सार्वजनिक बैठक गरिनुपर्ने माग उनले गरे।

    images
    images

    ग्यासको आपूर्ति सहज बनाउन सुझाव दिँदै उनले भने, ‘हाल २० वटा गाडीले ढुवानी गरिरहेको भए त्यसलाई बढाएर १०० वटा गाडी परिचालन गरिनुपर्छ।’ग्यासमाथिको दीर्घकालीन निर्भरता कम गर्न सरकारले विद्युतीय चुल्हो विशेष छुटमा उपलब्ध गराउने योजना तत्काल ल्याउनुपर्नेमा उनले जोड दिए। साथै उपत्यकामा देखिएको ग्यास समस्या समाधानका लागि जिम्मेवार कर्मचारी, सार्वजनिक सम्पर्क नम्बर र गुनासो सुन्ने तथा सम्बोधन गर्ने स्पष्ट कार्यविधि बनाउनुपर्ने धारणा उनले राखे।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend