images

२०८३ आश्विन १९ गते

images
images
images
  • समाचार
  • बाढीको लेदो पन्छाउन निर्माण व्यवसायी महासंघले...

बाढीको लेदो पन्छाउन निर्माण व्यवसायी महासंघले दियो ५ टिपर र स्काभेटर

बाढीको लेदो पन्छाउन निर्माण व्यवसायी महासंघले दियो ५ टिपर र स्काभेटर

images
images
बिहिवार, भाद्र २५ २०८३
बिहिवार, भाद्र २५ २०८३
  • काठमाडौँ । भोटेकोशी नदीमा आएको बाढीका कारण सडक तथा बस्ती क्षेत्रमा जम्मा भएको लेदो र गेग्रान पन्छाउन नेपाल निर्माण व्यवसायी महासंघले ५ वटा टिपर र स्काभेटर सहयोग गरेको छ ।बाढी प्रभावित क्षेत्रको जनजीवन तथा आवागमन सहज बनाउने उद्देश्यले महासंघले नुवाकोट र धादिङका विभिन्न स्थानहरूमा सरसफाइका लागि टिपर परिचालन गरेको हो ।नेपाल निर्माण व्यवसायी महासंघका प्रवक्ता मंगल बहादुर शाहीका अनुसार विदुर, देवीघाट तथा गल्छी क्षेत्रमा जमेको लेदो सफा गर्न ५ वटा टिपर उपलब्ध गराइएको हो । विपद्को समयमा सडक खुलाउन तथा प्रभावित क्षेत्रको सरसफाइ कार्यलाई तीव्रता दिन स्थानीय प्रशासनसँग समन्वय गरी उक्त टिप्पर १५ दिनका लागि परिचालन गरिएको प्रवक्ता शाहीले जानकारी दिए ।

    images
    images

    महासंघले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विपद्का समयमा सधैं उद्धार, राहत तथा पूर्वाधार पुनर्स्थापनाका कार्यमा सहकार्य गर्दै आएको र आगामी दिनमा पनि यस्ता सहयोगलाई निरन्तरता दिने जनाएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend