images

२०८३ आश्विन १९ गते

images
images
images
  • समाचार
  • संसारभरका नेपालीको सामूहिक साथ, हाम्रो पात्रोमार्फत...

संसारभरका नेपालीको सामूहिक साथ, हाम्रो पात्रोमार्फत विपद् कोषमा सवा करोड

संसारभरका नेपालीको सामूहिक साथ, हाम्रो पात्रोमार्फत विपद् कोषमा सवा करोड

images
images
बिहिवार, भाद्र २५ २०८३
बिहिवार, भाद्र २५ २०८३
  • काठमाडौं । हाम्रो पात्रोका प्रयोगकर्ताले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड २५ लाख रुपैयाँ सहयोग गरेका छन् ।नेपालमा हालै आएको विनाशकारी विपद्बाट प्रभावित परिवार तथा समुदायको राहत, पुनःस्थापना र पुनर्निर्माणमा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम संकलन गरिएको हो ।हाम्रो पात्रो कम्युनिटीका तर्फबाट संकलित सहयोग रकम अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको छ । सहयोग रकमसँगै अभियानमा योगदान गर्ने सम्पूर्ण सहयोगीको नामावलीसमेत सरकारलाई बुझाइएको छ ।

    images
    images

    विदेशमा रहेका नेपालीले समेत सहज रूपमा राष्ट्रिय राहत अभियानमा योगदान गर्न सकून् भन्ने उद्देश्यले हाम्रो पात्रोले अभियानलाई सहजीकरण गरेको जनाएको छ । रकम पठाउँदा कुनै सेवा शुल्क नलिई प्रयोगकर्ताले गरेको सम्पूर्ण योगदान राहत कोषमा पुग्ने व्यवस्था मिलाइएको थियो ।हाम्रो पात्रोका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत शंकर उप्रेतीले १ करोड २५ लाख रुपैयाँ प्रयोगकर्ताको सामूहिक योगदान भएको बताए । उनले हाम्रो पात्रोले प्रयोगकर्ताको सहयोग सरकारसम्म पुर्‍याउने माध्यमको भूमिका मात्र खेलेको बताए ।“नेपाललाई आवश्यकता परेको समयमा संसारभर रहेका नेपालीहरूले देखाएको तत्परता, एकता र उदारताप्रति हामी अत्यन्त आभारी छौँ । सानो वा ठूलो, जुनसुकै रकम योगदान गर्ने प्रत्येक व्यक्तिलाई हामी हार्दिक धन्यवाद दिन चाहन्छौँ,” उनले भने ।

    हाम्रो पात्रोले स्थापनाकालदेखि सूचना तथा डिजिटल सेवामार्फत नेपाली कम्युनिटीलाई जोड्दै आएको जनाएको छ । विपद्का बेला सामूहिक सहयोग जुटाउनसमेत भूमिका खेल्दै आएको हाम्रो पात्रो एप विश्वभर २ करोडभन्दा बढी पटक डाउनलोड भएको कम्पनीले जनाएको छ ।कम्पनीले अभियानमा सहभागी भई सहयोग गर्ने सम्पूर्ण प्रयोगकर्ताप्रति कृतज्ञता व्यक्त गर्दै विपद्बाट प्रभावित परिवार तथा समुदायप्रति ऐक्यबद्धता जनाएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend