images

२०८३ आश्विन १९ गते

images
images
images
  • समाचार
  • ७७ लाख बिगोको बैंकिङ कसुर मुद्दाका...

७७ लाख बिगोको बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी टोखाबाट पक्राउ

७७ लाख बिगोको बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी टोखाबाट पक्राउ

images
images
बिहिवार, भाद्र २५ २०८३
बिहिवार, भाद्र २५ २०८३
  • काठमाडौँ। कुल ७७ लाख रुपैयाँ बिगो भएको बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी सम्झना लामालाई प्रहरीले टोखाबाट पक्राउ गरेको छ। काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–०५ घर भई हाल काठमाडौँको टोखा नगरपालिका–०३ बस्ने ४१ वर्षीया लामालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नियन्त्रणमा लिएको हो।मेश बस्नेतको जाहेरीले वादी नेपाल सरकार रहेको बैंकिङ कसुर मुद्दामा भक्तपुर जिल्ला अदालतको मिति २०८२ भदौ २९ गतेको फैसलाले उनलाई एक महिना कैद र एक लाख रुपैयाँ जरिवाना हुने ठहर गरेको थियो। फैसलापछि फरार रहेकी उनलाई खोजतलास गर्ने क्रममा प्रहरीले बुधबार बिहान टोखा–३ स्थित आफ्नै डेराबाट पक्राउ गरेको जनाएको छ। पक्राउ परेकी लामालाई सोही दिन फैसला कार्यान्वयनका लागि भक्तपुर जिल्ला अदालतमा उपस्थित गराइएको छ।

    images
    images

    अनुसन्धानका क्रममा उनीविरुद्ध विभिन्न प्रहरी कार्यालयहरूमा अन्य पाँच वटा बैंकिङ कसुरसम्बन्धी मुद्दाहरू दर्ता रहेको खुलेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँमा ४० लाख रुपैयाँ, प्रहरी वृत्त गौशालामा १० लाख रुपैयाँ, प्रहरी वृत्त थिमी भक्तपुरमा १० लाख रुपैयाँ र प्रहरी वृत्त नयाँ बानेश्वरमा सात लाख तथा १० लाख रुपैयाँ बिगो रहेका मुद्दा दर्ता भए पनि उनी फरार रहँदै आएकी थिइन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend