images

२०८३ आश्विन १९ गते

images
images
images
  • समाचार
  • दीपेन्द्रको अर्धशतकले जोगायो नेपाल, ओमानसामु १४८...

दीपेन्द्रको अर्धशतकले जोगायो नेपाल, ओमानसामु १४८ रनको चुनौती

दीपेन्द्रको अर्धशतकले जोगायो नेपाल, ओमानसामु १४८ रनको चुनौती

images
images
बिहिवार, भाद्र २५ २०८३
बिहिवार, भाद्र २५ २०८३
  • काठमाडौँ ।एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालले ओमानसँग प्रतिस्पर्धा गरिरहेको छ । मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभलको मैदानमा जारी खेलमा नेपालले ओमानलाई १४८ रनको लक्ष्य दिएको हो ।टस हारेर पहिले ब्याटिङमा उत्रिएको नेपाल ४५.४ ओभरमा १४७ रनमै अलआउट भयो । नेपाललाई लज्जास्पद स्कोरबाट बचाउन दीपेन्द्र सिंह ऐरीले ५१ तथा बसिर अहमदले ४७ रनको योगदान दिए । अन्य कोही पनि ब्याट्सम्यान चल्न सकेनन् । ओपनरद्वय देव खनालले १३ तथा आसिफ शेखले ११ रन जोडे । यस्तै, ईशान पाण्डेले १, रोहित पौडेलले ३, गुलशन झाले ७, करण केसीले ५, सन्दीप लामिछानेले ३ रन जोडे ।

    images
    images

    बलिङतर्फ ओमानका जय विरम ओडेडारा र हस्नइन शाहले तीन–तीन तथा मुहम्मद इमरानले दुई विकेट लिए । यस्तै, मुजीबुर अलि र शकिल अहमदले एक–एक विकेट लिए ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend