images

२०८३ आश्विन १९ गते

images
images
images
  • समाचार
  • १७ घण्टापछि खुल्यो रसुवाको भोर्ले सडक,...

१७ घण्टापछि खुल्यो रसुवाको भोर्ले सडक, पहिरो हटाएपछि सवारी गन्तव्यतर्फ

१७ घण्टापछि खुल्यो रसुवाको भोर्ले सडक, पहिरो हटाएपछि सवारी गन्तव्यतर्फ

images
images
बिहिवार, भाद्र २५ २०८३
बिहिवार, भाद्र २५ २०८३
  • रसुवा । रसुवाको नौकुण्ड गाउँपालिका–५ स्थित रसुवा भोर्ले बागेश्वरी मन्दिरनजिकै बुधबार साँझ खसेको पहिरो हटाइएको छ ।जिरो–भोर्ले–पार्च्याङ सडकखण्डको भोर्ले बजारनजिकै बुधबार साँझ ५ बजे खसेको पहिरो बिहीबार बिहान १० बजे हटाइएको हो । १७ घण्टादेखि सडकमा रोकिएका सवारी पहिरो हटाइएसँगै गन्तव्यतर्फ लागेका छन् ।

    images
    images

    बिहीबार बिहानैदेखि पहिरो पन्छाउन सडकको दुवैतर्फ डोजर परिचालन गरिएको थियो। नुवाकोटको बेत्रावती हुँदै रसुवाको स्याफ्रुवेंशी, धुन्चे जोड्ने सडक बाढीपछि अवरुद्ध हुँदा यो सडक वैकल्पिक बाटोको रूपमा प्रयोग हुँदै आएको छ ।पहिरोका कारण काठमाडौं, नुवाकोट हुँदै धुन्चे जाने तथा धुन्चेबाट काठमाडौं फर्कने यात्रुहरू बाटोमै अलपत्र परेका थिए । राहत सामग्री लिएर रसुवा पुगेका सवारीसाधनसमेत रोकिएका थिए ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend