images

२०८३ आश्विन १९ गते

images
images
images
  • उर्जा
  • समय सीमा सकिदा समेत कुनैपनि...

समय सीमा सकिदा समेत कुनैपनि उद्योगमा जोडिएन लाइन,के भन्छ प्राधिकरण ?

समय सीमा सकिदा समेत कुनैपनि उद्योगमा जोडिएन लाइन,के भन्छ प्राधिकरण ?

images
images
सोमवार, कार्तिक २६ २०८१
सोमवार, कार्तिक २६ २०८१
  • काठमाडौं । सरकारले विद्युत लाइन काटिएका उद्योगहरुमा लाइन जोड्न तोकिएको समय सीमा समाप्त भएको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले सोमबार मध्याहन्न १२ बजेभित्र सबै उद्योगहरुमा लाइन जोडिसक्ने निर्णय गरेको थियो । तर, उक्त समय सीमा घट्किदा समेत लाइन काटिएको कुनैपनि उद्योगमा लाइन नजोडिएको हो ।

    images
    images

    विद्युत लाइन काटिएका उद्योगहरुमा तत्काल लाइन जोड्ने सरकारले निर्णय गरेको सुनियपनि आधिकारीक रुपमा हालसम्म पत्र प्राप्त नभएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

    कर्पोरेट नेपालसँग कुरा गर्दै प्राधिकरणका सिस्टम अप्रेशन डिपार्टमेन्टका निर्देशक एवं प्रवक्ता चन्दन कुमार घोषले भने, ‘अहिलेसम्म हामीले सरकारबाट कुनै निर्णयको पत्र पाएका छैनौं । लाइन काटिएका उद्योगहरुमा आज १२ बजेसम्म लाइन जोडिसक्ने सरकारले निर्णय गरेको भन्ने समाचार सुुन्नमा आएपनि कुनै आधिकारीक पत्र पाएका छैनौं ।’ 

    images
    images

    उनले थप भने, ‘यदि यस्तै निर्णय भएको हो भने हामी पत्रको प्रतिक्षामा छौं । पत्र पाउन साथ के गर्ने भन्ने निर्णय प्राधिकरणको बोर्ड बैठकले गर्नेछ ।' डेडिकेटेड र ट्रंक लाइन विद्युत महशुल विवादमा पछिल्लो पटक विद्युत प्राधिकरणले ३४ वटा उद्योगको लाइन काटेको थियो । यसपछि ६ वटा उद्योगहरुले प्राधिकरणले महशुल तिर्न दिएको सुविधा उपभोग गर्दै किस्ताबन्दीमा बक्यौता महशुल तिर्न राजिभएसँगै प्राधिकरणले काटिएको विद्युत लाइन जोडिदिएको थियो । तर, २८ वटा उद्योगहरुले भने अझैं महशुल तिर्न आनाकानी गरिरहेको प्राधिकरणको भनाइ छ ।

     

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend