सुर्खेत । कर्णाली प्रदेश मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले विभिन्न पाँच वटा निर्णय गरेको छ।सरकारका प्रवक्ता तथा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री कल्याणी खड्काका अनुसार प्रदेश सचिव रामबहादुर कुरुम्बाङलाई लोक सेवा आयोगको सचिवमा पदस्थापन गर्ने निर्णय भएको छ।यस्तै, दैलेखको इलाका प्रहरी कार्यालय राकम कर्णालीको अधुरो भवन निर्माण सम्पन्न गर्न १ करोड ६ लाख ५० हजार रुपैयाँको अख्तियारी प्रदान गर्न संघीय गृह र अर्थ मन्त्रालयको स्वीकृति माग गर्ने निर्णय भएको छ।
बैठकले प्रदेशसभा सदस्यलाई नियमानुसार स्वकीय सचिव सुविधा उपलब्ध गराउन प्रदेशसभालाई लेखी पठाउने निर्णय पनि गरेको छ।त्यस्तै, दलित समुदायको सशक्तीकरण र जीवनस्तर प्रवर्द्धन ऐन, २०८१ को पहिलो संशोधन विधेयक प्रदेशसभामा पेस गर्न स्वीकृति दिने निर्णय भएको प्रवक्ता खड्काले बताइन्।बैठकले उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री कल्याणी खड्कालाई मन्त्रिपरिषद्को प्रवक्ता तोक्ने निर्णयसमेत गरेको थियो ।




.gif)



