images

२०८३ आश्विन १९ गते

images
images
images
  • समाचार
  • भारतबाट जोखिममा परेका १५ नेपाली बालबालिका...

भारतबाट जोखिममा परेका १५ नेपाली बालबालिका तथा किशोरकिशोरीको उद्धार

भारतबाट जोखिममा परेका १५ नेपाली बालबालिका तथा किशोरकिशोरीको उद्धार

images
images
बुधवार, भाद्र २४ २०८३
बुधवार, भाद्र २४ २०८३
  • बुटवल । भारतका विभिन्न स्थानमा जोखिमपूर्ण अवस्थामा फेला परेका १५ जना नेपाली बालबालिका तथा किशोर किशोरीलाई उद्धार गरी नेपाल ल्याइएको छ। उनीहरूलाई  रुपन्देहीको भैरहवा ल्याएर परिवार तथा आफन्तको जिम्मा लगाउने तयारी गरिएको छ।भारतको दिल्लीस्थित मान बेचबिखन तथा ओसारपसारविरुद्ध कार्यरत संस्था ‘किन इन्डिया’को पहलमा भारतका महाराष्ट्र, दिल्ली र झारखण्डलगायत स्थानबाट फरक–फरक समयमा उनीहरूको उद्धार गरिएको हो।जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी एवं डीएसपी कृष्णकुमार चन्दका अनुसार उद्धार गरिएका बालबालिकालाई परिवार तथा आफन्तको जिम्मा लगाउन नेपाल ल्याइएको हो।

    images
    images

    किन इन्डिया’का निर्देशक नवीन जोशीका अनुसार उद्धार गरिएकामध्ये १२ जना १५ वर्षमुनिका बालबालिका छन् भने तीन जना १५ वर्षभन्दा माथिका किशोरकिशोरी छन्। उद्धार गरिएकामध्ये पाँच जना बालिका तथा किशोरी रहेका छन्।उनीहरूलाई कानुनी प्रक्रिया पूरा गरी अभिभावकको उपस्थितिमा प्रहरी तथा प्रशासनको रोहवरमा जिम्मा लगाउने तयारी गरिएको जोशीले रातोपाटीलाई बताए ।उद्धार गरिएकामध्ये केही बालकलाई मदरसामा पढाउने भन्दै अवैध रूपमा भारत लगिएको पाइएको छ। उनीहरू जोखिमपूर्ण तथा नियमविपरीत अवस्थामा रहेको जानकारी पाएपछि भारतीय प्रहरी, विशेषगरी महाराष्ट्र प्रहरीको सहयोगमा सम्बन्धित मदरसामा छापा मारेर उद्धार गरिएको जोशीले बताए।त्यस्तै, केही बालिका तथा किशोरी घरेलु हिंसा सहन नसकेर घरबाट भागेका अवस्था भारत पुगेको पाइएको छ। उनीहरूलाई पनि भारतका विभिन्न स्थानमा जोखिमपूर्ण अवस्थामा फेला पारेर उद्धार गरिएको हो।केही बालबालिका भने दिल्लीका रेल्वे स्टेसनमा अलपत्र अवस्थामा भेटिएका थिए।

    भारतका विभिन्न स्थानबाट उद्धार गरेपछि उनीहरूलाई केही समय ‘किन इन्डिया’को संरक्षणमा राखिएको थियो। आवश्यक प्रक्रिया पूरा गरेपछि सुरक्षित रूपमा नेपाल ल्याएर परिवार तथा आफन्तसँग पुनर्मिलन गराउन लागिएको जोशीले बताए।उद्धार गरिएका बालबालिकालाई तीनवटा गाडीमार्फत रुपन्देही ल्याइएको हो। नेपाल ल्याउने क्रममा ‘किन इन्डिया’का कर्मचारीसँगै भारतस्थित नेपाली राजदूतावासका वरिष्ठ प्रहरी उपरीक्षक प्रकाश मल्ल पनि सहभागी थिए। जोशीका अनुसार उद्धार गरिएका बालबालिका तथा किशोरकिशोरी मधेस प्रदेशसहित पश्चिम नवलपरासीको प्रतापपुर, पाल्पा, कञ्चनपुर, कैलालीलगायत जिल्लाका रहेका छन्।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend