images

२०८३ आश्विन १७ गते

images
images
images
  • समाचार
  • ‘भदौ २३ को अनुसन्धान प्रतिवेदन सार्वजनिक...

‘भदौ २३ को अनुसन्धान प्रतिवेदन सार्वजनिक गरियोस्, दोषीलाई कारबाही होस्’ : थापा

‘भदौ २३ को अनुसन्धान प्रतिवेदन सार्वजनिक गरियोस्, दोषीलाई कारबाही होस्’ : थापा

images
images
बुधवार, भाद्र २४ २०८३
बुधवार, भाद्र २४ २०८३
  • काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले भदौ २३ र २४ गतेका घटनामा दोषी देखिएका व्यक्तिहरूलाई कारबाहीको दायरामा नल्याएसम्म समाज न्यायपूर्ण बन्न नसक्ने बताएका छन् ।जेनजी आन्दोलनको एक वर्ष पुगेकोमा भिडियो सन्देशमार्फत सभापति थापाले दण्डहीनताको अन्त्य गर्न र दोषीलाई कानुनी कठघरामा उभ्याउन सरकारसँग माग गरेका हुन् । थापाले भने, ‘त्यो दिन अपराध गर्नेहरूले सजाय पाउनैपर्छ। यदि दोषीले सजाय नपाउने हो भने समाज कहिल्यै न्यायपूर्ण बन्न सक्दैन, यो समाज कहिल्यै सभ्य हुन सक्दैन।’ उनले भदौ २३ को घटनाको अनुसन्धान प्रतिवेदन पूर्ण रूपमा सार्वजनिक गर्नुपर्ने र त्यसपछि दोषी देखिएका जोसुकैलाई पनि कानुनी कारबाही हुनुपर्नेमा जोड दिए । 

    images
    images

    थापाले विपत्तिको समयमा पनि राज्यका संयन्त्रहरू जिम्मेवार नभएको भन्दै आक्रोश व्यक्त गरे । घटनाको समयमा जिम्मेवारीबाट पन्छिने र पछि राजनीतिक फाइदा उठाउन खोज्ने प्रवृत्तिप्रति उनले असन्तुष्टि जनाए । उनले थपे, ‘त्यतिबेला कसले राज्य संयन्त्रलाई दुरुपयोग गर्‍यो ? कसले हिंसा भड्कायो ? त्यो दिनको ध्वंस र दमनमा संलग्नहरूको पहिचान गरी कारबाही गर्नु सरकारको मुख्य दायित्व हो।’सरकारले भदौ २३ को घटनाको निष्पक्ष छानबिन गर्ने प्रतिबद्धता जनाए पनि हालसम्म ठोस प्रगति नभएको भन्दै थापाले प्रश्न उठाए । ‘सरकारले प्रमिस गरेको थियो कि हामी २४ गतेको घटनाको निष्पक्ष अनुसन्धान गर्छौँ। तर, त्यो अनुसन्धान अहिले कहाँ पुग्यो ? कहाँ हरायो छानबिन समिति ?’  उनले सरकारलाई गम्भीर भएर जवाफ दिन आग्रह गरे । 

    थापाले आगो लगाउने र हिंसा भड्काउनेहरूले सजाय नपाएसम्म समाजमा शान्ति स्थापना हुन नसक्ने बताए । उनले भने, ‘आज अपराध गर्नेलाई कारबाही भएन भने भोलि त्यो पीडा जो कोहीले पनि भोग्नुपर्ने हुन सक्छ। तसर्थ, राज्यले दण्डहीनताको संस्कृतिलाई तत्काल अन्त्य गर्नुपर्छ।’ 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend