काठमाडौं । गोल्छा परिवारले बाढी तथा पहिरो प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ११ लाख रुपैयाँ सहयोग गरेको छ ।मुलुकमा आइपरेको विषम परिस्थितिप्रति ऐक्यबद्धता जनाउँदै गोल्छा परिवारले आफ्नो परोपकारी संस्था ‘श्री रामलालजी ढापीदेवी गोल्छा च्यारिटी ट्रष्ट’मार्फत भदौ २२ गते उक्त रकम सहयोग गरेको हो ।
ट्रष्टका अनुसार सहयोग रकम देशका विभिन्न भागमा हालै आएको बाढी तथा पहिरोबाट गम्भीर रूपमा प्रभावित समुदायका लागि नेपाल सरकारद्वारा सञ्चालित आपत्कालीन उद्धार, राहत, पुनःस्थापना तथा पुनर्निर्माण कार्यमा उपयोग हुनेछ ।विपद्का कारण प्रभावित परिवारप्रति गहिरो सहानुभूति व्यक्त गर्दै ट्रष्टले सङ्कटको यस घडीमा राष्ट्रको साथमा उभिने आफ्नो निरन्तर प्रतिबद्धता दोहोर्याएको छ ।




.gif)



