images

२०८३ आश्विन १९ गते

images
images
images
  • उर्जा
  • साहस ऊर्जाको खुद नाफा बढ्यो, प्रतिसेयर...

साहस ऊर्जाको खुद नाफा बढ्यो, प्रतिसेयर आम्दानी कति ?

साहस ऊर्जाको खुद नाफा बढ्यो, प्रतिसेयर आम्दानी कति ?

images
images
सोमवार, कार्तिक २६ २०८१
सोमवार, कार्तिक २६ २०८१
  • काठमाडौं । साहस ऊर्जा लिमिटेडले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ४० करोड २३ लाख रुपैयाँ खुद नाफा गरेको छ ।

    images
    images

    गत आर्थिक वर्षको पहिलो तीन महिनामा कम्पनीले ३४ करोड ४८ लाख रुपैयाँ आम्दानी गरेको थियो । गत वर्षभन्दा साहस ऊर्जाले करिब  ५ करोड ७५ लाख रुपैयाँ बढी खुद नाफा कमाएको हो ।कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी भने घटेको छ । कम्पनीले पहिलो तीन महिनामा ८६ करोड ७१ लाख रुपैयाँ विद्युत बिक्रीबाट आम्दानी गरेको छ । गत वर्ष ८९ करोड ३३ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

    कम्पनीको वित्तीय खर्च घट्दा खुद नाफा बढेको हो । वित्तीय खर्च ३२ करोड ८९ लाख रुपैयाँबाट २३ करोड ४० लाख रुपैयाँमा झरेको छ । यस हिसाबले कम्पनीको प्रति सेयर आम्दानी ४५.७४ रुपैयाँ र प्रति सेयर नेटवर्थ १८४.८९ रुपैयाँ छ ।

    images
    images

    साहस ऊर्जाले निजी क्षेत्रकै अहिलेसम्मको ठूलो ८६ मेगावाटको सोलुखोला (दुधकोसी) जलविद्युत् आयोजना निर्माण गरेर सञ्चालनमा ल्याएको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend