images

२०८३ आश्विन १९ गते

images
images
images
  • उर्जा
  • विद्युत विक्रीबाट सिंगटी हाइड्रोले गर्यो...

विद्युत विक्रीबाट सिंगटी हाइड्रोले गर्यो २६ करोडभन्दा बढी आम्दानी

विद्युत विक्रीबाट सिंगटी हाइड्रोले गर्यो २६ करोडभन्दा बढी आम्दानी

images
images
सोमवार, कार्तिक २६ २०८१
सोमवार, कार्तिक २६ २०८१
  • काठमाडौं । सिंगटी हाइड्रो ईनर्जी लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म विद्युत विक्रीबाट २६ करोड ३५ लाख रुपैयाँभन्दा बढी आम्दानी गरेको छ । गत वर्षको पहिलो त्रैमाससम्मको तुलनामा यस वर्ष कम्पनीको विद्युत विक्री आम्दानी शून्य दशमलव २८ प्रतिशत घटेको हो ।

    images
    images

     गत वर्ष यस अवधिसम्म कम्पनीले विद्युत विक्रीबाट २६ करोड ४३ लाख रुपैयाँभन्दा बढी आम्दानी गरेको थियो । पहिलो त्रैमाससम्म कम्पनीको खुद नाफा भने ११ करोड २५ लाख रुपैयाँभन्दा बढी रहेको छ । गत वर्षको तुलनामा यस वर्ष कम्पनीको खुद नाफा ११३ दशमलव शून्य ५ प्रतिशत बढेको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले ५ करोड २८ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको थियो ।

    यस वर्ष कम्पनीको कुल आम्दानी शून्य दशमलव ८१ प्रतिशत बढी भएको छ भने कुल खर्च २८ दशमलव शून्य ४ प्रतिशत घटेको छ । यस वर्ष कम्पनीले २६ करोड ५ लाख रुपैयाँभन्दा बढी कुल आम्दानी गरेको छ भने १४ करोड ७९ लाख रुपैयाँभन्दा बढी कुल खर्च गरेको छ । हाल कम्पनीको चुक्तापूँजी २ अर्ब ९० करोड रुपैयाँ रहेको छ भने जगेडा कोष रकम ६ करोड ४० लाख रुपैयाँभन्दा बढी रहेको छ । दिर्घकालिन कर्जा ३ अर्ब ५६ करोड २८ लाख रुपैयाँभन्दा बढी रहेको छ । वार्षिक प्रतिशेयर आम्दानी १५ रुपैयाँ ५३ पैसा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ भने १०२ रुपैयाँ २१ पैसा रहेको छ । 

    images
    images

     

     

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend