images

२०८३ आश्विन १९ गते

images
images
images
  • समाचार
  • MAXUS नेपालद्वारा विपद् प्रभावितलाई ८० लाखको...

MAXUS नेपालद्वारा विपद् प्रभावितलाई ८० लाखको राहत तथा सहयोग

MAXUS नेपालद्वारा विपद् प्रभावितलाई ८० लाखको राहत तथा सहयोग

images
images
आइतवार, भाद्र २१ २०८३
आइतवार, भाद्र २१ २०८३
  • काठमाडौं। MAXUS नेपालले नेपालमा हालै आएको प्राकृतिक विपद्बाट प्रभावित समुदायका लागि करिब ८० लाख रुपैयाँ बराबरको राहत तथा सहयोग उपलब्ध गराएको छ।SAIC MAXUS China को सहयोग तथा हिमालय अर्गनाइजेसनको समन्वयमा MAXUS नेपालले प्रत्यक्ष आर्थिक सहयोगसँगै दिगो स्वच्छ खानेपानीको व्यवस्था र आवश्यक राहत सामग्री वितरण गरेको हो।यसअन्तर्गत MAXUS नेपालले केही दिनअघि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ सहयोग गरेको थियो। उक्त रकमको चेक अर्थमन्त्रीलाई हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ।त्यस्तै, त्रिशूली नदी पारिपट्टिका विपद् प्रभावित समुदायलाई प्रत्यक्ष लाभ पुग्ने गरी करिब ३० लाख रुपैयाँ बराबरको राहत सहयोग गरिएको छ। दुईवटा अस्थायी आश्रयस्थलमा स्वच्छ खानेपानी उपलब्ध गराउन ‘अल्ट्रा फिल्टर वाटर ट्रिटमेन्ट प्लान्ट’ जडान गर्नुका साथै करिब ४०० जनालाई पुग्ने अत्यावश्यक राहत सामग्री वितरण गरिएको कम्पनीले जनाएको छ।

    images
    images

    राहत वितरण तथा खानेपानी प्रशोधन प्रणाली जडान कार्यक्रममा हिमालय अर्गनाइजेसनका अध्यक्ष ध्रुव थापा, प्रबन्ध निर्देशक मिलन थापालगायत कर्मचारी तथा लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ जे नेपालका चिफ गभर्नर रामराजा थापालगायत डिस्ट्रिक्टका पदाधिकारीको प्रत्यक्ष सहभागिता रहेको थियो।वितरण गरिएका राहत सामग्रीमा डसना, सिरानी, तन्नालगायत सुत्नका लागि आवश्यक सामग्री, औषधि तथा आधारभूत स्वास्थ्य सामग्री, खाद्यान्न तथा तरकारी, खाना पकाउने सामग्री र भाँडाकुँडा तथा पुरुष, महिला र बालबालिकाका लागि आवश्यक कपडालगायत सामग्री रहेका छन्।यसैगरी, सौर्य ऊर्जामा आधारित पानी शुद्धीकरण प्रणाली नुवाकोटको त्रिशूलीस्थित श्री भैरम माध्यमिक विद्यालयमा जडान गरिएको छ। उक्त विद्यालयमा हाल करिब ३०० परिवार अस्थायी रूपमा आश्रय लिइरहेका छन्।

    अर्को पानी शुद्धीकरण प्रणाली नुवाकोटकै विदुर नगरपालिकास्थित त्रिशूली प्राथमिक विद्यालयमा जडान गरिएको छ। त्यहाँ करिब २०० परिवारले अस्थायी रूपमा आश्रय लिइरहेका छन्।प्रत्येक पानी शुद्धीकरण प्रणालीले प्रति घण्टा १ हजार लिटर पानी शुद्धीकरण गर्न सक्ने क्षमता राख्ने कम्पनीले जनाएको छ। यसबाट अस्थायी आश्रयस्थलमा रहेका परिवारलाई त्यहाँ रहुन्जेल सुरक्षित तथा स्वच्छ खानेपानी उपलब्ध गराउन सहयोग पुग्नेछ। विद्यालय पुनः सञ्चालनमा आएपछि उक्त प्रणालीबाट विद्यार्थीसमेत लाभान्वित हुने अपेक्षा गरिएको छ।MAXUS नेपालले उक्त राहत तथा सहयोग कार्यक्रम आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत सञ्चालन गरिएको जनाएको छ। कम्पनीले विपद्का कारण प्रभावित समुदायलाई तत्काल राहतसँगै दीर्घकालीन रूपमा आवश्यक पर्ने स्वच्छ खानेपानीजस्ता आधारभूत पूर्वाधार उपलब्ध गराउने उद्देश्यले सहयोग गरेको जनाएको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend