images

२०८३ आश्विन १९ गते

images
images
images
  • समाचार
  • वीरगन्जको क्यासिनोबाट गाउँपालिका अध्यक्ष र इन्स्पेक्टरसहित...

वीरगन्जको क्यासिनोबाट गाउँपालिका अध्यक्ष र इन्स्पेक्टरसहित ८ जना पक्राउ

वीरगन्जको क्यासिनोबाट गाउँपालिका अध्यक्ष र इन्स्पेक्टरसहित ८ जना पक्राउ

images
images
आइतवार, भाद्र २१ २०८३
आइतवार, भाद्र २१ २०८३
  • काठमाडौँ । पर्साको वीरगन्जमा सञ्चालित क्यासिनो गोल्डन फिंगर गेमिङ जोनबाट प्रहरीले गाउँपालिका अध्यक्ष र इन्स्पेक्टरलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव र इन्स्पेक्टर प्रदिप पौडेल छन् ।वीरगन्ज महानगरपालिका–१४ गण्डकमा सञ्चालित क्यासिनोबाट उनीहरुलाई पक्राउ गरिएको पर्साका एसपी पवन भट्टराईले बताए । इन्स्पेक्टर पौडेल इलाका प्रहरी कार्यालय पोखरीयाका इन्चार्ज हुन् ।

    images
    images

    उनी आफ्नो कार्यालयको क्षेत्र छाडेर वीरगन्जमा जुवा खेल्न आएको भेटिएको छ । क्लार्क होटल परिसरमा सञ्चालित सो क्यासिनोबाट अरू ६ जना नेपालीलाई पनि प्रहरीले पक्राउ गरेको छ । क्यासिनोमा नेपालीलाई प्रवेश गराउन पाइँदैन ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend