images

२०८३ आश्विन १९ गते

images
images
images
  • समाचार
  • हेटौँडा–काठमाडौँ आवागमन सहज बनाउन भीमफेदी–सिस्नेरी सडक...

हेटौँडा–काठमाडौँ आवागमन सहज बनाउन भीमफेदी–सिस्नेरी सडक वैकल्पिक मार्ग बनाइँदै

हेटौँडा–काठमाडौँ आवागमन सहज बनाउन भीमफेदी–सिस्नेरी सडक वैकल्पिक मार्ग बनाइँदै

images
images
शनिवार, भाद्र २० २०८३
शनिवार, भाद्र २० २०८३
  • हेटौँडा । बागमती प्रदेश सरकारले हेटौँडा–काठमाडौँ आवागमन सहज बनाउन भीमफेदी–कोगटे–ईपा–सिस्नेरी सडकलाई वैकल्पिक मार्गका रूपमा सञ्चालनमा ल्याउने तयारी थालेको छ ।

    images
    images

    पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभिरमा पहिरोका कारण यातायात प्रभावित भएपछि हेटौँडा–काठमाडौँ जोड्ने वैकल्पिक सडकको आवश्यकता बढेको हो । प्रदेश सरकारले उक्त सडकको आवश्यक मर्मत तथा स्तरोन्नति गरी सवारी सञ्चालनयोग्य बनाउने प्रक्रिया अघि बढाएको जनाएको छ ।

    बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले मुख्य राजमार्गमा पटकपटक हुने अवरोधका कारण हेटौँडा–काठमाडौँ आवतजावत प्रभावित हुने समस्या समाधान गर्न वैकल्पिक सडकलाई प्राथमिकतामा राखिएको बताए ।

    images
    images

    “मुख्य सडकमा हुने अवरोधका कारण यात्रुले पटकपटक समस्या भोग्नुपरेको छ । त्यसलाई न्यूनीकरण गर्न वैकल्पिक मार्गको विकासलाई प्राथमिकता दिएका छौँ,” मुख्यमन्त्री थापाले भने ।

    मुख्यमन्त्री थापा, भौतिक पूर्वाधार विकासमन्त्री भरतबहादुर केसी, मन्त्रालयका सचिव ईश्वरचन्द्र मरहट्ठा तथा भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामासहितको टोलीले बिहीबार भीमफेदी–कोगटे–ईपा–सिस्नेरी सडकखण्डको स्थलगत निरीक्षण गरेको थियो ।

    मुख्यमन्त्री थापाका अनुसार सडकको मर्मत तथा स्तरोन्नतिका लागि प्रदेश सरकारले चालु आर्थिक वर्षमै बजेट विनियोजन गरेको छ । सडकको वर्तमान अवस्था मूल्याङ्कन गरी तत्काल आवश्यक मर्मतका काम अघि बढाएर सवारी आवागमन सञ्चालनयोग्य बनाउने तयारी रहेको उनले बताए ।

    प्रदेश सरकारका अनुसार उक्त सडक सञ्चालनमा आएपछि हेटौँडा–काठमाडौँ आवागमनका लागि थप वैकल्पिक मार्ग उपलब्ध हुनेछ । पृथ्वी राजमार्गलगायत मुख्य सडकमा पहिरो, बाढी वा अन्य कारणले यातायात अवरुद्ध हुँदा यात्रु तथा सवारीसाधनलाई वैकल्पिक मार्गबाट गन्तव्यतर्फ पठाउन सहज हुने अपेक्षा गरिएको छ ।

    सडक सञ्चालनमा आएपछि हेटौँडा–काठमाडौँबीचको यातायात प्रणाली थप सुरक्षित र भरपर्दो बनाउन सहयोग पुग्ने प्रदेश सरकारको विश्वास छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend