दार्चुला । चौलानी नदीमा पहिरोका कारण नदीको बहाव आंशिक रूपमा थुनिएको र पहिरो आउने क्रम अझै जारी रहेकाले नदी पूरै थुनिन सक्ने जोखिम बढेको छ।
जिल्ला प्रशासन कार्यालय, दार्चुलाले सूचना जारी गर्दै चौलानी नदीको तटीय तथा तल्लो तटीय क्षेत्र र आसपास बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
प्रशासनका अनुसार नदीको बहाव अवरुद्ध भई पानी जम्मा हुँदै गएमा एक्कासि ठूलो मात्रामा पानी बग्न सक्ने सम्भावना रहेकाले नदी आसपासका बस्ती तथा तल्लो तटीय क्षेत्रमा जोखिम उत्पन्न हुनसक्छ।
त्यसैले चौलानी नदीको तटीय तथा तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने सबै नागरिकलाई सम्भावित जोखिमलाई मध्यनजर गर्दै आवश्यक सावधानी अपनाउन, नदी आसपास अनावश्यक रूपमा नजान तथा स्थानीय प्रशासनबाट जारी हुने सूचना र निर्देशनको पालना गर्न आग्रह गरिएको छ।
प्रशासनले सम्भावित विपद्बाट जनधनको क्षति न्यूनीकरणका लागि सबैलाई सतर्क र सचेत रहन अनुरोध गरेको छ।





.gif)





