images

२०८३ आश्विन १९ गते

images
images
images
  • समाचार
  • ‘मालती मंगले’को च्यारिटी शोबाट सङ्कलित तीन...

‘मालती मंगले’को च्यारिटी शोबाट सङ्कलित तीन लाख प्रधानमन्त्री राहत कोषलाई प्रदान

‘मालती मंगले’को च्यारिटी शोबाट सङ्कलित तीन लाख प्रधानमन्त्री राहत कोषलाई प्रदान

images
images
शुक्रवार, भाद्र १९ २०८३
शुक्रवार, भाद्र १९ २०८३
  • काठमाडौँ । प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकहरूको सहयोगका लागि अमेरिकामा आयोजित फिल्म ‘मालती मंगले’को च्यारिटी शोबाट सङ्कलित रकम प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरिएको छ ।शोमार्फत सङ्कलन भएको २ हजार ३१ अमेरिकी डलर (नेपाली रुपैयाँ ३ लाख ६ हजार ९ सय) बाढीपहिरो पीडितहरूको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको फिल्मका निर्माता तथा गायक रामकृष्ण ढकालले जानकारी दिए ।

    images
    images

    गायक ढकालका अनुसार अमेरिकाको भर्जिनियामा पूर्वनिर्धारित रहेको ‘मालती मंगले’को विशेष शोलाई देशको विषम परिस्थितिलाई ध्यानमा राख्दै च्यारिटी शोमा रूपान्तरण गरिएको थियो ।‘मालती मंगले’ गायक ढकालले निर्माण गरेको फिल्म हो । केही अगाडि स्वदेशमा प्रदर्शनमा आएको फिल्ममा विजय बराल र वर्षा राउतको मुख्य भूमिकामा अभिनय छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend