images

२०८३ आश्विन १९ गते

images
images
images
  • समाचार
  • कोरलाबाट भित्रिएका सामान चोभार बन्दरगाहमै जाँचपास...

कोरलाबाट भित्रिएका सामान चोभार बन्दरगाहमै जाँचपास गर्न सकिने

कोरलाबाट भित्रिएका सामान चोभार बन्दरगाहमै जाँचपास गर्न सकिने

images
images
शुक्रवार, भाद्र १९ २०८३
शुक्रवार, भाद्र १९ २०८३
  • काठमाडौँ ।  भदौ १० गते आएको बाढीका कारण रसुवा नाका तहसनहस भयो । चिन तर्फबाट आएको उक्त बाढीका कारण ठूलो जनधनको क्षति भयो । भन्सार नाका नै बन्द भए पछि अहिले मुस्ताङमा रहेको केरला नाकाबाट सामान नेपाल ल्याउने प्रक्रिया सुरु भएको छ । मुस्ताङ भन्सार कार्यालयमा पैठारीका लागि आएका वस्तुको भने काठमाडौंको चोभारमा रहेको सुक्खा बन्दरगाह भन्सार कार्यालयबाट जाँचपास गर्न सकिने भएको छ । यसका लागि भन्सार विभागले सडक मार्ग तोकेको छ । यससँगै मुस्ताङबाट भित्रिएका सामान सो भन्सार कार्यालयमा जाँचपास नगरी सिधै काठमाडौं ल्याउन सकिने भएको छ । विभागका अनुसार भन्सार नियमावलीले तोकेका सर्त, प्रक्रिया लगायत व्यवस्था पालना गरी अर्को निर्णय नभएसम्म आन्तरिक परिवहनको सुविधा दिने निर्णय भएको  छ । मालबाहक सवारी साधनको हकमा कोरला नाकाबाट प्रवेश गरेका सवारी नेचुङ–छुसाङ–कागवेनी–जोमसोम–बेनी–कुस्मा–पोखरा–दमौली–मुग्लिङ–कुरिनटार–नौबिसे–कलङ्की–सुक्खा बन्दरगाह भन्सार कार्यालय पुग्ने गरी रुट तय भएको छ ।

    images
    images

    सो रुटमा समस्या आएको अवस्थामा सवारी साधन मुग्लिङ–नारायणघाट–हेटौडा–भैसे–नौबिसे–कलंकी–चोभार हुँदै सुक्खा बन्दरगाह पुग्न पाउने गरी रुट तोकिएको छ । गुडाएर लैजाने नयाँ सवारी साधनलाई तत्कालका लागि हेटौडातर्फकै रुट तय गरिएको छ । रसुवागढी नाका प्रलयकारी बाढीले तहसनहस भएसँगै अहिले मुस्ताङस्थित कोरला नाका विकल्पका रुपमा प्रयोग भइरहेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend