images

२०८३ आश्विन १९ गते

images
images
images
  • समाचार
  • २ करोड धरौटी बुझाएर कारागारबाट छुटे...

२ करोड धरौटी बुझाएर कारागारबाट छुटे रोहित गुप्ता

२ करोड धरौटी बुझाएर कारागारबाट छुटे रोहित गुप्ता

images
images
शुक्रवार, भाद्र १९ २०८३
शुक्रवार, भाद्र १९ २०८३
  • काठमाडौँ । हिमालयन रि–इन्स्योरेन्सका तत्कालीन सञ्चालक रोहित गुप्ता धरौटी रकम बुझाएर छुटेका छन् । दीपक भट्ट जोडिएको सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतको आदेश बदर गर्दै सर्वोच्च अदालतले उनलाई २ करोड धरौटीमा रिहा गर्न आदेश गरेको थियो ।रि–इन्स्योरेन्सको २ अर्ब ७३ करोड ३३ लाख रुपैयाँ भट्टको नाममा सेयर किन्न प्रयोग भएको देखिएपछि तत्कालीन सञ्चालकहरू विरुद्ध पनि विशेष अदालतमा सम्पत्ति शुद्धीकरण मुद्दा दायर गरिएको थियो । विशेष अदालतले उनलाई पुर्पक्षको लागी थुनामा पठाएपछि उनी सर्वोच्च गएका थिए ।

    images
    images

    साउन २८ मा भएको विशेषको आदेश बदर गर्दै सर्वोच्चका न्यायाधीशद्ववय हरिप्रसाद फुयाल र श्रीकान्त पौडेलले भदौ १७ मा उनलाई धरौटीमा रिहा गर्न आदेश गरेका हुन् । धरौटीबापतको बैंक जमानत बुझाएर गुप्ता डिल्लीबजार कारागारबाट छुटेका हुन् ।विशेष अदालतको पत्र अनुसार बिहीबार साँझ गुप्तालाई रिहा गरिएको कारागार कार्यालय डिल्लीबजारका एक जना अधिकृतले  बताए । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend