images

२०८३ आश्विन १९ गते

images
images
images
  • समाचार
  • त्रिशूली–३ बी को सुरुङमा ४२६ मिटर...

त्रिशूली–३ बी को सुरुङमा ४२६ मिटर भित्र पुगे उद्धारकर्मी

त्रिशूली–३ बी को सुरुङमा ४२६ मिटर भित्र पुगे उद्धारकर्मी

images
images
शुक्रवार, भाद्र १९ २०८३
शुक्रवार, भाद्र १९ २०८३
  • काठमाडौँ । नुवाकोटको सिम्ले नजिकै निर्माणाधीन त्रिशूली–३ बी को सुरुङमा उद्धारकर्मीहरू ४२६ मिटर भित्र प्रवेश गरेका छन् । भोटेकोशीको बाढीका कारण सुरुङ फसेकाहरूको खोजी गर्न उद्धारकर्मी ४२६ मिटर भित्रसम्म पुगेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।खोज तथा उद्धारमा सो कम्पनीका प्रबन्ध निशक आनन्द ढुङ्गेल पनि आयोजना स्थलमा खटिएका छन् । ३७ मेगावाटको सो आयोजना विद्युत् प्राधिकरणको सहायक कम्पनीले निर्माण गरिरहेको छ । आयोजनामा प्राधिकरण र टेलिकमको सेयर छ । आयोजनाको क्वार्टर र टनेलमा १२२ जना फसेको आकलन गरिएको छ ।

    images
    images

    सो आयोजनामा फसेका मानिसहरू खोज्न ८९ जना सैनिक र ३ जना गैरसैनिक उद्धारकर्मी खटिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । संयुक्त उद्धार टोलीले आयोजनाको कार्यालय र निवास पहिचान गरेर त्यहाँसम्म पुग्न स्काभेटर छिराउने प्रयास भइरहेको बताइएको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend