images

२०८३ आश्विन २० गते

images
images
images
  • समाचार
  • बाढीपीडितका लागि अनेरास्ववियु रूपन्देहीकाे १० लाखको...

बाढीपीडितका लागि अनेरास्ववियु रूपन्देहीकाे १० लाखको राहत सामग्री

बाढीपीडितका लागि अनेरास्ववियु रूपन्देहीकाे १० लाखको राहत सामग्री

images
images
शुक्रवार, भाद्र १९ २०८३
शुक्रवार, भाद्र १९ २०८३
  • बुटवल। भोटेकोशी बाढीबाट प्रभावित नागरिकका लागि अनेरास्ववियु रूपन्देहीले करिब १० लाख रुपैयाँ बराबरको राहत सामग्री पठाएको छ।अनेरास्ववियु रूपन्देहीका अध्यक्षको नेतृत्वमा सचिव,बुटवल बहुमुखी क्याम्पस कमिटीका अध्यक्ष शशाङ्क बस्यालसहितको टोली शुक्रबार राहत सामग्री लिएर रसुवागढीतर्फ प्रस्थान गरेको हो।टोलीले बाढीपीडितका लागि चामल, दाल, तेललगायत खाद्यान्न, लत्ताकपडा, सरसफाइका सामग्री तथा स्वास्थ्य सामग्री सङ्कलन गरेको छ। महिलाका लागि सेनेटरी प्याड र बालबालिकाका लागि आवश्यक कपडासमेत राहतमा समावेश गरिएको छ।

    images
    images

    अनेरास्ववियुले राहत सामग्री स्थानीय तह वा अन्य निकायमार्फत मात्रै वितरण नगरी प्रभावित परिवारको अवस्था पहिचान गरेर प्रत्यक्ष रूपमा पीडितलाई हस्तान्तरण गर्ने जनाएको छ। बाढी तथा पहिरोबाट दैनिक जीवन प्रभावित भएका परिवारलाई तत्काल आवश्यक सामग्री उपलब्ध गराउने उद्देश्यले राहत सङ्कलन गरिएको अनेरास्ववियु रूपन्देहीले जानकारी दिएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend