images

२०८३ आश्विन २० गते

images
images
images
  • समाचार
  • पहिरोले थुनियो चमेलिया नदी,जोखिममा परेकालाई सुरक्षित...

पहिरोले थुनियो चमेलिया नदी,जोखिममा परेकालाई सुरक्षित स्थानमा सारिँदै

पहिरोले थुनियो चमेलिया नदी,जोखिममा परेकालाई सुरक्षित स्थानमा सारिँदै

images
images
शुक्रवार, भाद्र १९ २०८३
शुक्रवार, भाद्र १९ २०८३
  • धनगढी। दार्चुलाको अपिहिमाल गाउँपालिका–१ भटारमा पहिरो जाँदा चमेलिया नदी थुनिएको छ।निरन्तरको वर्षासँगै आएको ठुलो पहिरोले नदी करिब आधा घण्टा पूर्ण रूपमा थुनिएको हो।पहिरोले नदीको बहाव रोकिएपछि भटार गाउँका १० देखि १५ परिवार उच्च जोखिममा परेका छन्। पहिरोका कारण स्थानीयको खेतीयोग्य जमिन बगिसकेको छ भने बस्तीसमेत जोखिममा परेको छ।हाल नदीले पहिरो काट्दै गएपछि पानीको बहाव केही मात्रामा सुचारु हुन थालेको बताइएको छ। तर वर्षा नरोकिएकाले नदीमा पानीको बहाव बढ्न सक्ने जोखिम कायमै रहेको गाउँपालिका अध्यक्ष भगतसिंह ठेकरे बोहराले जानकारी दिएका छन्।

    images
    images

    जोखिमलाई मध्यनजर गर्दै अपिहिमाल गाउँपालिकाले भटारका जोखिममा रहेका स्थानीय र उनीहरूका वस्तुभाउलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न थालेको बोहराले बताएका छन्।'घटनास्थलमा वडा अध्यक्षसहित जनप्रतिनिधि र कर्मचारी पुगेका छन्,' बोहराले भने, 'थप क्षति हुन नदिन तथा उद्धारका लागि नजिकैको प्रहरी चौकीबाट सुरक्षाकर्मीको टोलीसमेत घटनास्थलतर्फ परिचालन गरिएको छ।'अध्यक्ष बोहराका अनुसार यही स्थानमा तीन–चार वर्षअघि पनि पहिरो गएको थियो। तर यसपटकको पहिरो विगतको भन्दा निकै ठूलो रहेको स्थानीयले बताएका छन्। वर्षा जारी रहेकाले चमेलिया नदीको तल्लो तटीय क्षेत्रमा रहेका बासिन्दालाई समेत सतर्क रहन आग्रह गरिएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend