images

२०८३ आश्विन २० गते

images
images
images
  • समाचार
  • अष्ट्रेलियामा नेपाल ‘ए’ को लगातार दोस्रो...

अष्ट्रेलियामा नेपाल ‘ए’ को लगातार दोस्रो हार,साउथ अस्ट्रेलियासँग १३८ ले पराजित

अष्ट्रेलियामा नेपाल ‘ए’ को लगातार दोस्रो हार,साउथ अस्ट्रेलियासँग १३८ ले पराजित

images
images
शुक्रवार, भाद्र १९ २०८३
शुक्रवार, भाद्र १९ २०८३
  • काठमाडौँ । अस्ट्रेलिया भ्रमणमा रहेको नेपाल ‘ए’ टोलीले एकदिवसीय अभ्यास खेलमा लगातार दोस्रो हार बेहोरेको छ । डार्विनमा शुक्रबार भएको खेलमा नेपाल ‘ए’ साउथ अस्ट्रेलियासँग १३८ रनले पराजित भएको हो ।साउथ अस्ट्रेलियाले दिएको २६० रनको लक्ष्य पछ्याएको नेपाल ‘ए’ ले २२ ओभर १ बलमा १२१ रन बनाउँदा सबै विकेट गुमायो । नेपाल ‘ए’ का रशिद खानले ३७, मयन यादवले २०, दीपक डुम्रेले १८, कप्तान अनिलकुमार शाहले ११ रन बनाए । अरू खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । साउथ अस्ट्रेलियाका स्पेन्सर जोन्सनले ३ विकेट लिए ।

    images
    images

    यसअघि टस जितेर पहिले ब्याटिङ गरेको साउथ अस्ट्रेलियाले ५० ओभरमा ९ विकेट गुमाएर २५९ रन बनायो । साउथ अस्ट्रेलियाका डाउट्जी होगेनबुजेमले १११ रन बनाए । नेपाल ‘ए’ का रशिद खानले २ तथा रिजन ढकाल, नारायण जोशी, पवन सर्राफ र लोकेश बलमे १÷१ विकेट लिए । यसअघि नेपाल ‘ए’ पहिलो अभ्यास खेलमा तास्मानियासँग २ विकेटले पराजित भएको थियो । अब नेपाल ‘ए’ ले अन्तिम अभ्यास खेलमा आइतवार न्युजिल्यान्ड ‘ए’ सँग खेल्नेछ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend