images

२०८३ आश्विन २० गते

images
images
images
  • समाचार
  • प्रधानमन्त्री उद्धार कोषमा कान्तिपुर भेटद्वारा२७...

प्रधानमन्त्री उद्धार कोषमा कान्तिपुर भेटद्वारा२७ लाख ७७ हजार सहयोग

प्रधानमन्त्री उद्धार कोषमा कान्तिपुर भेटद्वारा२७ लाख ७७ हजार सहयोग

images
images
शुक्रवार, भाद्र १९ २०८३
शुक्रवार, भाद्र १९ २०८३
  • काठमाडौँ। भेटेरिनरी क्षेत्रमा अग्रणी कान्तिपुर भेट ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २७ लाख ७७ हजार ७ सय ७७ रुपैयाँ सहयोग गरेको छ। हालै देशका विभिन्न भागमा आएको बाढी, पहिरो तथा अन्य प्राकृतिक विपत्तिबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै कम्पनीले उक्त रकम हस्तान्तरण गरेको हो।विपद्को यस कठिन घडीमा प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले सुना सुवेदी अध्यक्ष रहेको कान्तिपुर भेट ग्रुपका तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त सहयोग रकम प्रदान गरिएको कम्पनीले जनाएको छ।

    images
    images

    भोटेकोशीमा बाढी आएको दिनदेखि नै कम्पनीले विपद् प्रभावित क्षेत्रमा निःशुल्क भेटेरिनरी औषधि उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको थियो। सोही प्रतिबद्धता अनुसार कान्तिपुर भेटले नेपाल भेटेरिनरी एसोसिएसन लगायत विभिन्न निकायमार्फत लाखौँ रुपैयाँ बराबरका भेटेरिनरी औषधि निःशुल्क उपलब्ध गराइसकेको छ।कम्पनीले प्राकृतिक विपत्तिबाट प्रभावित नागरिक तथा पशुपन्छीको राहत, उद्धार र पुनःस्थापना कार्यमा आफ्नो तर्फबाट निरन्तर सहयोग जारी राख्ने प्रतिबद्धतासमेत व्यक्त गरेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend