images

२०८३ आश्विन २० गते

images
images
images
  • समाचार
  • वीरेन्द्रनगरमा १ करोड २४ लाख लागतमा...

वीरेन्द्रनगरमा १ करोड २४ लाख लागतमा कोसेली गृह सञ्चालन

वीरेन्द्रनगरमा १ करोड २४ लाख लागतमा कोसेली गृह सञ्चालन

images
images
शुक्रवार, भाद्र १९ २०८३
शुक्रवार, भाद्र १९ २०८३
  • सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा कोसेली गृह सञ्चालनमा आएको छ ।शुक्रबार एक कार्यक्रमबिच प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री कल्याणी खड्काले उक्त गृहको उद्घाटन गरेकी हुन् ।हटियालाइन क्षेत्रमा रहेको कोसेली गृह प्रदेश सरकारको, उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयले १ करोड २४ लाख लागतमा निर्माण गरेको हो ।कोसेली गृहमा हाल ९ जनाले रोजगार पाएका छन् । उक्त गृहबाट वार्षिक लाखौँ रकम भाडा बापत रकम प्राप्त गर्ने छ ।

    images
    images

    कोसेली गृहमा कर्णालीका रैथाने खाद्यान्न, स्थानीय कच्चा पदार्थमा आधारित कपडा लगायत प्राप्त गर्न सकिने छ ।उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री खड्काले प्राकृतिक स्रोत साधनको प्रयोग गर्दै अर्थतन्त्रमा योगदान पुर्‍याउने गतिविधिमा प्रदेश सरकार अग्रसर भएको बताइन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend