images

२०८३ आश्विन २० गते

images
images
images
  • समाचार
  • एफवानसफ्ट ग्रुप र कर्मचारीमार्फत उद्धार कोषमा...

एफवानसफ्ट ग्रुप र कर्मचारीमार्फत उद्धार कोषमा एक करोड ३५ लाख सहयोग

एफवानसफ्ट ग्रुप र कर्मचारीमार्फत उद्धार कोषमा एक करोड ३५ लाख सहयोग

images
images
शुक्रवार, भाद्र १९ २०८३
शुक्रवार, भाद्र १९ २०८३
  • काठमाडौं । एफवानसफ्ट ग्रुपअन्तर्गतका इसेवा, फोनपे, एफवानसफ्ट इन्टरनेशनल, र इसेवा मनि ट्रान्स्फर तथा ग्रुप कम्पनीका कर्मचारीहरूको संयुक्त पहलमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड ३५ लाख सहयोग गरिएको छ । बाढीबाट प्रभावितहरूसँगै उभिने र आवश्यक परेको समयमा राहत तथा पुनःस्थापनाका कम्पनी र कर्मचारीहरूको संयुक्त प्रयासमा यो योगदान गरिएको हो । संस्थाले बाढीबाट प्रभावित सम्पूर्ण परिवार तथा समुदायप्रति हार्दिक सहानुभूति व्यक्त गर्दै यस कठिन समयबाट अघि बढ्न सबैमा साहस, धैर्य र हौसला मिलोस् भन्ने कामना गरेको छ । 

    images
    images

    फोनपे, इसेवादेखी भारत चीन तथा दक्षिणपूर्वी एसियाका वालेट प्रयोगकर्तामार्फत कोषमा करोडौं सहयोग
    फोनपे र इसेवामार्फत राहतका लागि व्यक्तिगत रूपमा सहयोग गर्ने सबैप्रति एफवानसफ्ट ग्रुप हार्दिक आभार व्यक्त गरेको छ । कम्पनीले वालेट प्रयोगकर्ताहरूबाट उद्धार कोषमा ट्रान्जेक्सन भएको विवरण सार्वजनिक पनि गरेको छ । हालसम्म इसेवाका एक लाख २९ हजार १३ प्रयोगकर्ताले नौ करोड ७० लाख रुपैयाँ सहयोग गरेका छन् । फोनपेका आठ लाख ६२ हजार ४४५ प्रयोगकर्ताले दुई अर्ब १९ करोड रुपैयाँ सहयोग गरेका छन् । फोनपेमार्फत प्राप्त सहयोगमा अन्तर्राष्ट्रिय योगदान पनि समावेश छ । भारतबाट एनपीसीआई–इन्टिग्रेटेड पेमेन्ट मार्फत १९ हजार ८५८ प्रयोगकर्ताले चार करोड २२ लाख रुपैयाँ र चीन तथा दक्षिणपूर्वी एसियाबाट अलिपेमार्फत दुई हजार ९६५ प्रयोगकर्ताले एक करोड ६३ लाख रुपैयाँ सहयोग गरेको कम्पनीले जानकारी दिएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend