images

२०८३ आश्विन २० गते

images
images
images
  • समाचार
  • हुम्लामा खाना पकाउने एलपी ...

हुम्लामा खाना पकाउने एलपी ग्यासको अभाव

हुम्लामा खाना पकाउने एलपी ग्यासको अभाव

images
images
शुक्रवार, भाद्र १९ २०८३
शुक्रवार, भाद्र १९ २०८३
  • हुम्ला ।  सिमकोटमा खाना पकाउने एलपी ग्यासको अभाव चुलिँदै गएको छ । लामो समयदेखि नियमित ग्यास आपूर्ति हुन नसक्दा जिल्ला सदरमुकामसमेत सिमकोट बजार क्षेत्रमा ग्यासको अभाव बढ्दै गएको हो ।हुम्लामा एलपी ग्यासको अभाव नयाँ समस्या भने होइन । भौगोलिक विकटता, ढुवानीको कठिनाइ र यातायातका साधनमा निर्भर आपूर्ति प्रणालीका कारण जिल्लामा दैनिक उपभोग्य वस्तुको नियमित आपूर्ति प्रभावित हुँदै आएको छ ।

    images
    images

    बिहीबार बिहान नेपालगन्जबाट १५० वटा भरिएका ग्यास सिलिन्डर आइपुगे पनि २७० वटा खाली सिलिन्डर लाइनमा राखिएका थिए । मागको तुलनामा आपूर्ति आधा कम भएपछि उपभोक्ताले ग्यास पाउने अवस्था नरहेको आदित्य जनरल स्टोरका प्रोप्राइटर रेशम महतले बताए । हुम्लामा भरिएको सिलिन्डरको ग्यासको मूल्य रु तीन हजार २०० पर्ने भएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend