images

२०८३ आश्विन २० गते

images
images
images
  • समाचार
  • रसुवाका बाढीपीडितलाई खानेपानी महासंघको सहयोग, ६...

रसुवाका बाढीपीडितलाई खानेपानी महासंघको सहयोग, ६ स्थानमा हिलट्यांकी राखियो

रसुवाका बाढीपीडितलाई खानेपानी महासंघको सहयोग, ६ स्थानमा हिलट्यांकी राखियो

images
images
शुक्रवार, भाद्र १९ २०८३
शुक्रवार, भाद्र १९ २०८३
  • काठमाडौं । राष्ट्रिय साना शहरी खानेपानी उपभोक्ता महासंघले बाढीपहिरोबाट प्रभावित रसुवामा खानेपानी व्यवस्थापनसँगै आर्थिक तथा भौतिक सहयोग जुटाउने अभियान सुरु गरेको छ ।

    images
    images

    बाढीपहिरोका कारण जिल्लाका विभिन्न क्षेत्रमा खानेपानीको चरम अभाव भएपछि महासंघका अध्यक्ष खेमराज ओली तथा सल्लाहकारद्वय धिताल र गौतमले व्यक्तिगत खर्चबाट करिब ७५ हजार रुपैयाँ बराबरका हिलट्यांकी उपलब्ध गराएका छन् ।

    महासंघका अनुसार बाढीबाट बढी प्रभावित क्षेत्रमा ती हिलट्यांकी ६ स्थानमा राखेर सामूहिक रूपमा खानेपानी वितरण गर्ने व्यवस्था मिलाइएको छ । प्रभावित क्षेत्रमा खानेपानी व्यवस्थापन तथा वितरणका लागि विदुर खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष सञ्जीव श्रेष्ठको नेतृत्वमा रहेको टोली तथा संस्थाका कर्मचारीले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन् ।

    images
    images

    यसैबीच विभिन्न खानेपानी उपभोक्ता संस्थाले रसुवाका बाढीपीडितलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । लेखनाथ खानेपानी उपभोक्ता संस्था, टीकापुर खानेपानी उपभोक्ता संस्था, खलंगा–शीतलपाटी खानेपानी उपभोक्ता संस्था, कावासोती खानेपानी उपभोक्ता संस्था, प्रगतिनगर खानेपानी उपभोक्ता संस्था, दाङ, सिरिचौर खानेपानी उपभोक्ता संस्था, बेनी खानेपानी उपभोक्ता संस्था, मुसिकोट–खलंगा खानेपानी उपभोक्ता संस्था र अँधेरीखोला खानेपानी उपभोक्ता संस्थाले सहयोगको प्रतिबद्धता जनाएका हुन् ।

    महासंघ अध्यक्ष ओलीले कार्यसमितिका सल्लाहकार तथा देशभर रहेका सदस्य खानेपानी उपभोक्ता संस्थालाई रसुवाका बाढीपीडितका लागि सहयोग गर्न आग्रह गरेका छन् । देशभरका अन्य खानेपानी उपभोक्ता संस्थासमेत सहयोग अभियानमा जोडिने अपेक्षा गरिएको महासंघले जनाएको छ ।

    महासंघका अनुसार विभिन्न संस्थाबाट लाखौँदेखि करोडौँ रुपैयाँसम्मको सहयोग खानेपानी व्यवस्थापन तथा राहतका क्षेत्रमा परिचालन हुने अपेक्षा गरिएको छ ।

    महासंघले देशभरका खानेपानी उपभोक्ता संस्थालाई आफ्नो क्षमताअनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नगद सहयोग गर्न वा आवश्यकताअनुसार जिन्सी सामग्री उपलब्ध गराउन समेत अनुरोध गरेको छ ।

    बाढीपहिरोबाट खानेपानीका संरचनामा क्षति पुगेका तथा खानेपानीको पहुँचबाट वञ्चित प्रभावित समुदायलाई तत्काल राहत उपलब्ध गराउने उद्देश्यले महासंघले अभियानलाई थप विस्तार गर्ने जनाएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend