images

२०८३ आश्विन २० गते

images
images
images
  • समाचार
  • प्रधानमन्त्री राहत कोषमा क्लाउड शैक्षिक तथा...

प्रधानमन्त्री राहत कोषमा क्लाउड शैक्षिक तथा भिसा सेवाको ७ लाख सहयोग

प्रधानमन्त्री राहत कोषमा क्लाउड शैक्षिक तथा भिसा सेवाको ७ लाख सहयोग

images
images
बिहिवार, भाद्र १८ २०८३
बिहिवार, भाद्र १८ २०८३
  • काठमाडौँ। देशमा आएको विनाशकारी प्राकृतिक विपत्ति तथा बाढीपहिरोबाट प्रभावित नागरिकहरूको राहत, उद्धार र पुनर्स्थापनाका लागि 'क्लाउड शैक्षिक तथा भिसा सेवा' ले आर्थिक सहयोग उपलब्ध गराएको छ।संस्थाले बाढीपहिरोबाट प्रभावित नागरिकहरूको सहयोगार्थ कुल ७ लाख रुपैयाँ प्रधानमन्त्री राहत कोषमा प्रदान गरेको हो। विपद्को यो कठिन समयमा पीडित नागरिकहरूलाई केही हदसम्म भए पनि राहत पुगोस् भन्ने उद्देश्यले सहयोग उपलब्ध गराइएको संस्थाले जनाएको छ।

    images
    images

    शैक्षिक तथा भिसा सेवा क्षेत्रमा क्रियाशील रहँदै आएको यस संस्थाले आफ्नो व्यावसायिक दायित्वसँगै सामाजिक उत्तरदायित्वलाई समेत उच्च प्राथमिकतामा राखेको छ।साथै, संस्थाले यस्ता प्राकृतिक विपत्तिका बेला प्रभावितहरूको सहयोगका लागि देश तथा विदेशमा रहेका सम्पूर्ण व्यक्ति, सङ्घसंस्था तथा व्यावसायिक प्रतिष्ठानहरूलाई आ–आफ्नो ठाउँबाट सक्दो सहयोग गर्न अपिल समेत गरेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend